राजनीति

बिगतका त्रुटि र कमजोरी सच्याउँदै अब गल्ती गर्दैनौं – कमल थापा

बिज्ञापन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताएका छन् ।

बिज्ञापन

राप्रपा नेपाल रामेछाप जिल्ला समितीद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा गरेका हुन् । संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको एजेण्डा लिदै अगाडि बढेका थापाले अहिले राजतन्त्र आवश्यक नरहेको बताउन थालेका छन् ।

विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकार गरेका थापाले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए ।

भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरुको विकल्प खोज्नुपर्ने उनको भनाई छ ।

बिज्ञापन