काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री करिष्मा मानन्धरले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाले आफू एमालेमा प्रवेश गर्न प्रेरित भएको बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत एमाले प्रवेश गर्दै उनले जनतालाई भिजन देखाउने र भविष्य सुनिश्चित गर्ने ओली मात्र भएको जिकिर गरिन् ।
करिष्माले देश परिवर्तन गर्ने एजेन्डा पार्टीले बोकेको भन्दै समानता र सामाजिक न्यायसहित समाजवादको बाटोमा हिँड्ने पार्टी एमाले मात्र भएको जिकिर पनि गरिन् । महिला तथा पिछडिएका वर्गको उत्थान गर्ने पार्टीको नीति भएकाले पनि एमाले प्रवेश गरेको उनको भनाइ छ ।
आफूले चलचित्र क्षेत्रबाट पनि देश विकासमा सहयोग गरेको भन्दै एमालेमा लागेर राजनीतिक जीवन अघि बढाउने बताइन् । “समाज र महिलाको लागि केही गर्नुपर्छ भन्ने लागिरह्यो । पछिल्लो समय मेरो क्रियाकलाप हेर्दा अनौठो लाग्ला, झोला बोकेर स्कुल छिरेँ, अहिले १२ कक्षामा पढिरहेको छु,” उनले भनिन्, “नेकपा (एमाले) मा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु । मुलुकलाई समृद्ध र परिवर्तन गर्ने अठोट गरेकी छु ।”

मानन्धर यसअघि डा. बाबुराम भट्टराईले बनाएको ‘नयाँ शक्ति’ पार्टीमा केन्द्रीय सदस्य भएकी थिइन् । भट्टराईले नयाँ शक्तिलाई संघीय समाजवादी पार्टीमा मर्ज गरेपछि मानन्धर राजनीतिबाट अलग भएर बसेकी थिइन् ।
अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल