कालीकोट । कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कर्णालीमा मिनिबस खस्दा सहचालक रास्कोट नगरपालिका १ का जीवन शाही बेपत्ता हुनुभएको हो ।
विज्ञापन

कालीकोटको नरहरिनाथ गाउँपालिका १ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनिबस पचालझरना गाउँपालिका ८ को कर्णाली नदीमा खसेको हो । उहाँको खोजी भइरहेको प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिनुभयो ।
यस्तै घटनामा चालक दैलेखको आठबीसकोट नगरपालिका २ का कृष्ण शाही र पचालझरनाकै सलामी कार्की घाइते हुनुभएको छ । उहाँहरूलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको छ ।
विज्ञापन

अन्य समाचारहरु
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु
ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी