23/09/2021

मालिका समाचार

देशको ऐना

कर्णालीको कटानले भयभीत दिन बिताउन बाध्य टीकापुरका वासिन्दा

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर भदौ ११ कर्णाली छेउमा रहेको टीकापुरका बासिन्दा हरु बर्षा बढे संगै भयभीत दिनहरू बिताउन बाध्य भएका छ्न।
साउन महिनामा हुनुपर्ने जति बर्षा नभएर भदौमा बर्षा बढेपछी कर्णालीमा पानीको बहाव बढेको छ। नदिको बिचमा केहि थुम्का हरु भएर पानी छेउतिर बढेपछि केहि स्थानमा भएका तटबन्ध पनि नदिमा भासिएको छ ।

उक्त क्षेत्रमा बिहीबार देखि निरंतर नगर प्रमुख तपेन्द्र रावलले अनुगमन गरि फर्कनु भएको छ ।
दुई पटक अनुगमन गरि फर्केका नगर प्रमुखले भने:यस्तै बर्षा रहयो भने अबको ४ घन्टा भित्र नदि बस्तीमा फर्कने जोखिम छ हामीले चाहेर पनि केहि गर्न सक्ने अवस्था छैन

साइपुर,सिम्रेनी,सत्ती बनगाउ,लगायतका क्षेत्रमा यसले क्षेती पुर्याउन सक्ने भएकोले उक्त क्षेत्रमा बसोबास रहेका सबैले सावधानी रहि सुरक्षीत ठाउमा रहन पनि अपिल गर्नु भएको छ। अहिले इलाका प्रहरी कार्यलय टीकापुर ,तथा सशस्त्र प्रहरी गण टीकापुर ,नगर प्रहरी ,हाम्रो टीकापुर हाम्रो अभियान “युवा संजाल लगायत स्थानीय हरु उक्त क्षेत्र पुग्दै छ्न ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।
विज्ञापन