08/12/2021

मालिका समाचार

देशको ऐना

कर्णाली माध्यमिक विद्यालय टीकापुरको सामाजिक परिक्षण सार्वजनिक

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर १ मंसिर
टीकापुर नगरपालिका वडा नम्बर १मा रहेको कार्णाली माध्यमिक बिद्यालयले आर्थिक बर्ष २०७७/७८को सामाजिक परिक्षण सार्वजनिक गरेको छ।

मंगलबार शिक्षक अभिभावक संघका अध्यक्ष अक्कल आझिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा अधिकृत नरेश अवस्थी रहनु भएको थियो बिशिस्ट अतिथि टीकापुर नगरपालिका १का वडा अध्यक्ष गंगा राम आचार्य रहनु भएको थियो । हरिश अवस्थले उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए विद्यालयका प्रधानाअध्यापक धर्मराज शर्माले संचालन गर्नु भएको थियो

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

बुद्धिजीवी भक्तिराम कोइरालाले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने सामाजिक परिक्षणको बारेमा प्राविधिक संयोजक टीकाराम जोशीले विद्यालयको प्रगति विवरण संगै आफ्नो धारणा राख्दै नमुना बिद्यालयको नमुना काम रहेको विचार राख्नु भयो ।

शिक्षक महासंघ अध्यक्ष रघुनाथ उपाध्यायले विद्यालयमा बालबालिका हरुको आनिबानीको निगरानी राख्दै समाजमा हराउदै गएको अनुशासन लाई जोगाउने खालका योग जस्ता कार्यक्रम हरु पनि चलाउनु पर्ने बताउनु भयो ।, अभिभावक बाट प्रेम प्रसाद भट्टराई राष्ट्रप्रेमी ले आफ्नो विचार राख्दै २०७६मा नमुना विद्यालय छनोट भइ ०७७मा नमुना विद्यालय पर्न सफल विद्यालयका हरेक कुराहरू नमुना हुनुपर्ने संगै विद्यार्थी शिक्षकको पनि नमुनात्मक पहिचान हुनुपर्ने बताउनु भयो ।

पुर्ब शिक्षक अभिभावक संघ अध्यक्ष गोविन्द कोइरालाले समाजमा पछिल्लो समय घटीरहेका विभिन्न डरलाग्दा घटना हरुको न्यूनीकरण गर्न बालबालिकाका हरुका अभिभावक हरुको प्रमुख भुमिका रहनुपर्ने बताउनु भयो।

बिद्यालय व्यावस्थापन समिति अध्यक्ष खड्क शाहले यो आर्थिक बर्षामा आफ्नो हिसाबले स्थानीय सरकारलाई कुनै योजना माग नगरेको र स्थानीय सरकारले आफ्नो दायित्व बोध नगरेकोकुरा राख्दै बिद्यालय लाई उत्कृष्ट बनाउन सबैको भुमिका रहनुपर्ने बताउनु भयो ।

टीकापुर नगरपालिका शिक्षा अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि नरेश अवस्थीले हरेक विद्यालय हरुमा अब बिद्यार्थी हरुको नैतिक विकासका कार्यक्रम हरु ल्याउन प्रयास गर्ने संगै योग साधनाका कार्यक्रम स्वस्थ नर्स लगायतका कुराहरू स्थानीय सरकारले संचालन गर्न सहयोग गर्दै दश बर्सिय नगर शिक्षा योजना बनेको र कर्णाली माध्यमिक विद्यालयले शैक्षिक उपलब्धि मुल्यकनमा ६२.७पोइन्ट प्राप्त गरेको र शो रेसियोमा निरंतरता रहयो भने २०८७ सम्म ७०पोइन्ट पुग्ने देखिएको बताउनु भयो।

विज्ञापन