मनोरञ्न

कट्रिना–विकीले पूरा गरेनन् दर्शकको चाहना

बिज्ञापन

मुम्बई । विवाह बन्धनमा बाँधिएका बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफलाई दर्शकले पर्दामा सँगै हेर्न चाहेका छन् तर कैटरिनासंग तत्काल अभिनेता तथा पति विकी फिल्ममा आउने पक्षमा छैनन् ।


निर्देशक फरहान अख्तरले निर्देशन गर्न लागेको नयाँ फिल्ममा प्रियंका चोपड़ा, कैटरिना कैफ र आलिया भट्ट मुख्य नायिकाको रूपमा अनुबन्धित भएका छन् । यो फिल्ममा कैटरिनाका श्रीमान्तथा विकीलाई नायकको रूपमा प्रस्ताव गरिएको थियो । तर, विकीले यो फिल्ममा आफूले काम नगर्ने बताएका छन् । विकीलाई यो फिल्ममा प्रस्ताव गरिएको चरित्र मन परेन । सोही कारण उनले यो फिल्ममा काम गर्न अस्वीकार गरेका हुन् । आफूहरू प्रभावशाली भूमिकामा चाँडै अर्को फिल्ममा प्रस्तुत हुने भनाइ विकीको छ।
विवाहपछि अभिनेत्री कैटरिना फिल्मको छायांकनमा पर्किएकी छन् ।

बिज्ञापन
बिज्ञापन