राजनीति

केन्द्रविरुद्ध आन्दाेलनमा मधेस सरकार, मुख्यमन्त्री र मन्त्रीहरु बसे धर्ना

बिज्ञापन

जनकपुरधाम । पटक-पटक आग्रह गर्दा पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेसका मुख्यमन्त्री र मन्त्रीहरु धर्ना बसेका छन् ।

जनकपुरको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरु धर्ना बसेका हुन् ‌। बिहान ११ः५० मा सुरु भएको धर्ना २ घण्टासम्म जारी राख्ने गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

संविधानमै प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने व्यवस्था छ । तर, संघले प्रहरी समायोजन गर्न चाहेको छैन । प्रधानमन्त्रीलाई प्रहरी समायोजनको काम अगाडि बढाउन पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरिएपछि गृह तथा सञ्चारमन्त्री साहले पत्रकार सम्मेलन गरी सातदिने अल्टिमेटम दिएका थिए ।

अल्टिमेटम दिएको समयभित्र पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेपछि बाध्य भएर अनसनमा बस्नुपरेको मन्त्री साहले बताए । माग पूरा नभएसम्म संघीय सरकारविरुद्ध आन्दोलन जारी राख्ने उनले जानकारी दिए ।

बिज्ञापन

अनसनमा प्रतिपक्षी दल लोसपा र एमाले भने सहभागी छैन ।

बिज्ञापन
बिज्ञापन