काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले बिजुली ट्रान्समिसन लाइन बनाउने परियोजनाबाट अमेरिकी सेना र गोलाबारुद नआउने प्रतिक्रिया दिए ।
विज्ञापन

काठमाडौँमा आज आयोजित कार्यक्रममा मन्त्री खाँणले एमसीसी बिजुलीको ट्रान्समिसन लाइन बनाउने परियोजना भएको भन्दै यसबाट भयभीत हुन आवश्यक नरहेको बताए । प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षा र जननिर्वाचित सरकार भएको मुलुकले मात्र एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने उनको तर्क छ ।
गृहमन्त्री खाँणले उपभोक्ता हितलाई ध्यानमा राखेर सरकारले बिजुलीको खपत बढाउने र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको स्पष्ट पारे ।
विज्ञापन

अन्य समाचारहरु
यो सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न सक्दैन : ओली
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा