
फागुन ,५
काठमाडौं महानगरपालिकाले डोजर लगाएर खुलामञ्च खाली गरिएको छ।

बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना भत्काइदिएको छ। खुलामञ्चमा टहराहरु र विभिन्न किसिमका निर्माण सामग्री राखिएको थियो।
राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने।
दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई महानगरपालिकाले खुला गर्ने पहल सुरू गरिएको हो।
वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि आजबाट उनीहरूलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान गर्ने थालिएको मेयर शाक्यले जानकारी दिए ।
खुलामञ्च खाली नहुँदा दहलरूले सडकमै विरोध सभा गरिरहेका छन्।
उनले काठमाडौं महानगरपालिकाका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको बताउँदै विस्तारै बसपार्क पनि खुला गर्ने बताए।
र्याली, आमसभालगायतले सडकहरु अस्तव्यस्त बनेको कुरालाई ध्यानामा राखी अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जनाए ।
ज्ञवालीका अनुसार आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरिएको छ।
purchase cialis It s necessary to follow the doctor s advice and drug leaflets for safety best treatment