स्वास्थ तथा सरसफाइ

नेपालमा फेरि बढ्यो कोरोना, देशभर थपिए ४ हजार ४ सय ९९ संक्रमित

बिज्ञापन

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १६ हजार ८ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौंमा उपत्यकामा मात्रै २ हजार ७ सय २० जना संक्रमित थपिएका हुन् । जसमा १ हजार ९२ जना महिला रहेका छन् भने १ हजार ६ सय २८ जना पुरुष रहेका छन् । योसँगै संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ रहेको छ ।

यसैगरी शुक्रबार थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको मृत्यु भएको हो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन