काठमाडौं ।
नेपालमा प्रधानमन्त्रीको पदमा आखिरमा नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष तथा संसदीय दलका नेता केपीओली नै रहनु हुने छ । नेपाल कम्युनिष्ट पार्टीले ओलीको नेतृत्वमा रहेको सरकारलाई नै टीकाउने निर्णय गरेको छ ।


नेकपाको शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीचको छलफलपछि बसेको सचिवालय बैठकले अहिलेको सरकारलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको जानकारी दिनुभएको छ । प्रवक्ता श्रेष्ठले घुमाउरो पारामा ओली सरकार नै टिक्ने प्रष्ट्याउनु भयो ।
‘ पार्टीमा उठेको विभिन्न विषयमा छलफल भयो’ , प्रवक्ता श्रेष्ठले बैठकपछि संचारकर्मीहरुसँग भन्नुभयो ‘जनादेश अनुसार नै सरकार संचालन गर्ने निर्णय भएको छ ।’


‘बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद छोडनु पर्ने कुरा उठ्यो कि उठेन ? उहाँको राजीनामाबारे के भयो ?’ भन्ने संचारकर्मीको जिज्ञाषाको प्रतिवाद गर्दै उहाँँले भन्नुभयो, ‘कसले कहाँ माग्यो प्रधानमन्त्रीको राजीनामा ? बाहिर कसले कहाँ के गर्यो थाहा छैन तर बैठकमा कसैले राजीनामा मागेको छैन बैठकमा त्यसबारे कसैले केही कुरा गरेको छैन ।’
यस कुरामा भने भारतीय मीडीया जिल्ल परेको छन् । भारतको योजना हरु असफल भएका छन ।
अन्य समाचारहरु
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा