राजनीति

लखेट्दै कांग्रेस कार्यकर्ता प्रहरी चौकी छिरेपछि माओवादी कार्यकर्ताले चौकी तोडफोड

बिज्ञापन

रूकुम पश्चिम । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ताहरूले रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन् । कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी तोडफोड गरेका हुन् ।
बुधबार रातिबाट त्रिवेणी गाउँपालिका– ९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । कांग्रेस र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो ।

त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुडा गरेका हुन् । कांग्रेस कार्यकर्ता चौकीभित्र छिरेपछि वाइसिएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न भनेका थिए ।
कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका हुन् । कांग्रेसका १३ जना कार्यकर्ता चौकीमा पुगेका थिए । उनीहरूलाई वाइसिएल कार्यकर्ताले लखेटेका थिए ।
बुधबार दिउँसो पनि यहाँ कांग्रेस र माओवादी कार्यकर्ताबीच तनाव भएको थियो । तरुण दलले वाईसीएलका चुडामणि बस्नेत, डिलबहादुर विकको घर तोडफोड गरेका छन् । माओवादीको तर्फबाट ९ नम्बर वडाध्यक्षका उम्मेदवार जनककुमार विकको समेत गरी ३ वटा बाइकसमेत तोडफोड गरेका छन् ।

माओवादी कार्यकर्ताले कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिङ खड्काको घरमा पनि ढुङ्गा हानेको प्रहरीले जनाएको छ । दुवैतर्फको टोली सो वडामा जम्मा भएको प्रहरीले बताएको छ । केहीलाई सामान्य चोट लागेको जनाइएको छ ।

बिज्ञापन
बिज्ञापन