08/12/2021

मालिका समाचार

देशको ऐना

लालबाबु पण्डितमा मैले देखेको वास्तविकता

व्याक्तीगत आचरण चरित्र भित्र कम्युनिस्ट झल्केका लालबाबु पन्डित को बारेमा दीपक बस्याल लेख्नु हुन्छ
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

दिपक बस्याल, उहाँको घर जाने क्रममा, भनेनुसारनै ट्याक्सी बाट ओर्लेर, नजिकैको पसलेसङ्ग सोधे:- लाल बाबू पण्डितको घर कुन नि?
पसले:- घर रे, उहाँको काठमाण्डौमा घर कहाँ छ र! उहाँ त वर्षौं देखी कोठा भाडामा लिएर बस्नु भएको छ, अरु त अरु सवारीसाधनको नाममा मोटरसाइकल/स्कुटीसम्म छैन, मैले चिनेको र उहाँको छिमेकिले चिनेको लालबाबु पण्डित एउटै पर्नु भएछ भन्ने लाग्यो, उहाँको कोठामा पुगियो।
बिचार एउटै भएपनि बिचारकै कारण नभै फरक प्रसङ्गमा हाम्रो आत्मीय चिनजान भएको थियो यद्यपि भेटघाट भने पहिलो नै थियो।

उहाँको निष्ठा, देश र जनता प्रति नैतिक वफादारि, आफ्नो जिम्मेवारीप्रती जिम्मेवार रहने बानी र पटक्कै ब्याक्तीगत लालच नभएको नेता भएकै कारण म उहाँको फ्यान थिए।
सर्वमान्य नेता भएपनी मैले बुवा भनेर सम्बोधन गर्ने गर्छु। मैले सोधे सामान्य प्रशासन मन्त्री हुदा किन साइकलमा हिड्नु भएको नि? भन्नू भयो, सामान्यता म अहिलेपनि घर गएसी साइकल मै हिड्छु मेरो कार, मोटरसाइकल जहाज सबैथोक तेहि हो, मेरो त कम्सेकम साइकल पनि छ र बिहान बेलुकि पेट भर्नेगरी खाएको पनि छु, तर करोडौ नेपालीको आजपनी साइकल सम्म छैन भने बिहान बेलुका के खाने भन्ने पिरले पिरोलिरहेका हुन्छन, तेहि ठाउँ तेहि समाजमा हुर्केको म तिनिहरुलाइ दुई छाक सजिलै खुवाउन सकु भनेर बिद्रोह गरे, उनिहरुले मलाई नेता बनाए अब तिनिहरुकै करको पैसाले म कारमा हिड्नु कि मैले त्यो जिम्मेवारी पूरा गर्नु?

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

म मन्त्री हुदा ती गरिबको पेट भर्न दीर्घकालीन के गर्ने भन्ने मै तल्लीन हुन्थे र सकेसम्म गरिब, असाह्य, पिडितलाइ धेरै भन्दा धेरै राहत हुने कुरा गर्न तर्फ नै लागिरहन्थे कम्तीमा तिनिहरुलाइ साझ बिहान सजिलै खान खुवाउने बाताबरण बनाउन सके मात्रै म खुसी हुनेछु।

मैले चाहेको भए अरुले जस्तै गलत तरिकाले आम्दानी गरेर काठमाण्डौ घर गाडी किन्न सक्थे, तर मैले निष्ठा र प्रतिष्ठा भन्दा ठूलो केही मानिन न मान्दिन पनि।
मेरो निष्ठामा अडिक रहन मलाई मेरो परिवार छोराछोरीबाट पनि सहयोग भैरहेको छ।

यदि असहयोग हुन्थ्यो भने म पक्कै अप्ठेरोमा पर्थे परिवार रोज्ने कि निष्ठा भनेर, त्यसैले म गर्व गर्छु परिवारको भावना र मेरो भावना एउटै भएकोले हामी अत्यन्तै खुसी छौ।
जस्तोसुकै परिस्थिति आयपनि म मा देश र जनताप्रतीको निष्ठामा कहिल्यै परिवर्तन आउने छैन, यत्तिकैमा चियापनी सकियो र आमा पनि आउनु भयो र भन्नू भो खाना खाएरै जाने है म खाना बनाइ हाल्छु, म भने:- हैन नबनाउनुस खाना खाएरै आएको हो, अब अर्को पटक आउदा पक्कै खाउला।

यी र यस्तै कुरा सुनेर म अझ प्रभावित भए, सोचे कम्तीमा देशै भरमा १० लालबाबु जस्तै भए आज देश कहाँ पुग्थ्यो होला तर विडम्बना आजका नेताहरु नेता बन्ने बित्तिकै काठमाण्डौमा ठूलो घर, ठुला गाडी जोड्ने नै पहिलो प्रथामिकतामा राख्छन।
साच्चै देश बनाउने हो भने हाम्रा दलका नेताहरुले लालबाबुको अनुशरण गरून।

दिपक बस्यालको वाल बाट

विज्ञापन