धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले भूमिहिन दलित परिवारलाई लाजपूर्जा वितरण गरेकी छन् ।
विज्ञापन

शुक्रबार धनगढी उप–महानगरपालिका वार्ड न. ९ का राष्ट्रिय भूमि आयोगले पहिचान र प्रमाणीकरण गरेका २१ भूमिहिन दलित परिवारलाई एक कार्यक्रमबीच जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको आरजुले जानकारी दिएकी छन् । यो प्रक्रिया क्रमबद्ध रुपमा अन्य वडाहरुमा रहने उनले उल्लेख गरेकी छन् ।
देशमै पहिलोपटक आरजुले भूमिहिन दलितलाई लाजपूर्जा बाँड्न सुरु गरेकी हुन् । आरजुले लालपूर्जा बाँडेपछि दलित बस्तीमा खुसियाली छाएको छ । देशैभरका भूमिहीनहरुलाई राष्ट्रिय भूमि आयोगले चाडैं नै जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउन आयोगले प्रक्रिया अगाडि बढाई सकेको पनि उनले जानकारी गराएकी छन् ।
विज्ञापन

अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल