
भदौ , १
सिन्धुपाल्चोक स्थित जुगल गाउँपालिका २. लिदी लामागाउंमा गएको ठूलो पहिरोका कारण मृत्यु हुनेको सख्या २२ पुगेको छ । सोमवार बिहान थप ३ जनाको शव फेला परेका हुन ।
ठुलो पहिरोका कारण बेपत्ता भएका ३९ जना मध्ये आइतबार बेलुकी १९ शव भेटिएका थिए। सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शब फेला परेको र तिनीहरुको सनासत समेत भइसकेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

वर्षाले त्यहाँको सडक बगाएपछि त्यहाँ सवारी साधन लैजान नसकिदा सशस्त्र ,नेपाल प्रहरी र सेनाको ५५ जनाको टोलीले साबेल ,कोदालोको भरमा वांकी वेपत्ताको खोजी गरिरहेका त्यहाका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।
गत साता खसेको पहिरोले उक्त गाउमा एकसय घरधुरी मध्ये ३७ वटामा आंशिक र १७ वटामा पुर्ण क्षेती भएको छ।
जुगल गाउँपालिकाले पहिरोमा पुरी मृत्युु भएका र वेपत्ता परिवारलाई तत्कालीन राहतस्वरूप जनही १ लाख २५ हजारको दरले उपलब्ध गराएको छ।
अन्य समाचारहरु
लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का
टर्की भुकम्प : ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय नाघ्यो
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु