August 13, 2022

मालिका समाचार

देशकाे ऐना

पहिरोले पाल्पामा दुई वटा घर बगायो , पाँच जना बेपत्ता

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


असोज , ८
पाल्पाको रम्भा गाउँपालिका वडा न. २ फोक्सिङकोटमा पहिरोले दुई वटा घर बगायो र पाँच जना बेपत्ता भएका छन
पहिरोले हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विज्ञापन


प्रहरीका अनुसार हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका छन ।बुधबार राती अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथीबाट खसेको ठुलो पहिरोले दुई घर पुरिएको हो ।


यस्तै बेपत्ता हुनेहरुमा एक जना पुरुष , २ महिला र २ बालिका रहेका छ्न ।मनबहादुर गाहाको परिवारका तीन जना भने भागेर आफनो ज्यान जोगाउन सफल भएका छ्न ।


रम्बा गाउँपालिकाका प्रवत्ता कृष्ण प्रसाद रेग्मीले पनि परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उदारमा समस्या भइरहेको बतायो ।


उदारका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली घटनास्थलतर्फ हिडेको छन ।

विज्ञापन