December 4, 2022

मालिका समाचार

देशकाे ऐना

स्याङ्जामा पहिरोले : एकै परिवारका ९ जनाले ज्यान गुमाए

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


असोज , ८
स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोले एकै परिवारका ९ जनाको मृत्यु भएको छ ।


वालिङ नगरपालिकाका १४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका -४ मा खसेको पहिरोमा परि १ जना गरि १० जनाको मृत्यु भएको बताए ।

विज्ञापन
विज्ञापन


यस्तै परिवारकै १० जना पहिरोमा ९ जनाको शव फेला परेको छ ,भने एक जनाको जिवितै उदार परिएको स्याङ्जाका प्रहरी प्रवत्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।


पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो ।उमा र माया दिदीबहिनी हुन ।
पहिरोमा पुरिएर घाइते भएकी मायाकी १६ वर्यीय छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

विहीबार बिहानै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका – ४ मा पहिरोमा पुरिएर १६ वर्यीय विष्णु परिवारको ज्यान गएको प्रहरीले बताए ।