June 4, 2023

मालिका समाचार

देशकाे ऐना

स्थानीय निर्वाचन सहभागी हुने विप्लवको तयारी

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले स्थानीय निर्वाचनमा सहभागिहुने प्रस्ताव राखेका छन् ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले वेशाख ३० गतेको लागि तय भएको चुनावमा सहभागी हुनुपर्ने प्रस्ताव राखेका हुन्।

तर, उनको प्रस्तावमा केही नेताहरुले असन्तुष्टि जनाएका छन्। ७० जनाभन्दा बढी नेताहरु सहभागी केन्द्रीय समिति बैठकमा चुनावमा जाने प्रस्ताव आएको बताउँदै त्यसमा भोलिदेखि छलफल थालिने नेता धर्मेन्द्र बाँस्तोलाले नेपालखरलाई जानकारी दिए ।

विज्ञापन

’बैठकमा महासचिव कमरेडले स्थानीय चुनावमा सहभागी भएर उपयोग गर्ने प्रस्ताव राख्नुभयो,’ बाँस्तोलाले भने, ‘समसामयिक राजनीति परिस्थिति अन्तर्गत उहाँले अहिलेको वस्तुस्थिति अनुसार पनि चुनावमा जानुपर्ने बताउनुभयो। भोलिदेखि त्यसबारे अरु नेताहरुले धारणा राख्नुहुन्छ ।’

स्रोतका अनुसार महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चुनावमा भाग लिनुपर्ने पक्षमा छन् ।