June 3, 2023

मालिका समाचार

देशकाे ऐना

अलपत्र परेको मान्छेको उद्धार गरेर नेपाल पठाईयो

मुम्बई मालिका समाचार संवादाता
मुम्बई । महराष्ट्रको कल्याण शहरमा अलपध परेको नेपाली मान्छेको उद्धार गरेर नेपाल पठाईएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

संयुक्त नेपाली महासंघका सल्लाहकार सह–प्रमुख जगत बहादुर सिंहको सम्पर्कमा रहेको एक जना नेपाली वर्ष ५२ को जीवन गुरुङ नेपाल बगर पोखरा कास्की, स्थायी घर भएको र हाल कल्याण पूर्वमा केहिदिनबाट अलपत्र परेकोमा एकजना उत्तरभारतीयले राखेर सहयोग गर्दै आएको जानकारी पाउँदा महासंघमा सल्लाहकार सह–प्रमुख र कार्यवाहक अध्यक्ष धिरबहादुर रावल उक्त स्थानमा पुगि पिडित मान्छेको जानकारी लिदा उनको स्वास्थ पनि ठिक नभएको हुँदा आफन्तको खोजी कार्य गर्दा सो कार्यमा महासंघका पुर्व उपाध्यक्ष गणेश ढकालको सहयोगमा नेपाल गुरुङ समाज भारतका सचिव सन्तोष गुरुङलाई अहमदाबादमा सम्पर्क गर्दा उनले अहमदाबाद पिडितलाई पठाई दिन आग्रह गर्दै आफूले उनलाई नेपालसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दा महासंघकोे सल्लाह अनुसार कार्येवाहक अध्यक्ष धिर रावलले हिजो राती पीडितलाई नेपाल जाने बसपार्क काशिमिरामा नृर्प रावलले होटलमा राख्नुभयो र उनको खाने–बस्नेसम्मको व्यवस्था मिलाई पिडितलाई जयपुरसम्म पुरयाउनुमा सहयोग गर्नुभयो ।

म स्वयं बिहान बसपार्कमा पुगेर पिडित व्यक्तिलाई बसमा राखी सम्बन्धित व्यक्तिहरुसंग सम्पर्क गराई जम्म रु.३००० आर्थिक सहयोग गरी जसमा गणेश ढकालबाट रु.१००० कार्यवाहक अध्यक्षबाट १००० र आफ्नो तर्फबाट रु.१००० दिएर सहयोग गरेको कुरा जगत बहादुर सिंहले मालिका समाचारलाई बताउनुभयो ।

विज्ञापन