अर्थ

खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य

बिज्ञापन

काठमाडौँ । खाना पकाउने ग्यासमा अब दुई थरी मूल्य निर्धारण गरिने भएको छ । औद्योगिक प्रयोजन र घरायसी प्रयोजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो । औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

पत्रकार सम्मेलनमार्फत उनले यस्तो जानकारी गराएका हुन् । त्यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रङ्ग पनि फेरिने उनले जानकारी दिए । ‘हिजो रातो र नीलो सिलिण्डरको मात्रै कुरा गरियो अब रङको मात्रै होइन, साइजको कुरा ५ देखि ४ सय केजीसम्म ग्यासका सिलिण्डर आउने गर्छ’ उनले भने ‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने ।

हाललाई ग्यासमा मूल्य बढाउने तयारी नरहेको पनि उनले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेपनि निगमले बढाएको छैन । हाल निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन