March 20, 2023

मालिका समाचार

देशकाे ऐना

लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा बिरोधि ट्वाल्ल

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

वैशाख १९ बर्दिया
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिनुभएको छ। राजिनामा पछि बन्ने सरकार को स्थिति सुन्दै लुम्बिनीमा अविश्वासको प्रस्ताव पेस गर्ने उहाका बिरोधि ट्वाल्ल परेका छन।

नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतामा लुम्बिनी प्रदेशमा एमालेको एकल सरकार बनाउने भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिनुभएपछि एमालेले ठूलो दलको हैसियतामा एकल सरकार गठनको तयारी थालेको हो ।

विज्ञापन

माओवादी तथा कांग्रेसले मुख्यषमन्त्री पोखरेलविरूद्ध ल्याएको अविश्वासको प्रस्ताव सफल बनाउने नाममा जसपाका चार सांसदलाइ नक्कली कागजात खडा गरी पदमुक्त गरी एमाले लुम्बिनी प्रदेशसभामा एकल बहुमत प्राप्त दल बन्न पुगेको थियो ।

लुम्बिनी प्रदेशमा रहेको कुल ८१ जना सांसद मध्ये ४१ जना सांसद नेकपा एमालेका छन ।
अब एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले फेरि सरकार बनाउनुहुनेछ ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा ले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । पोखरेललाइ पदमुक्त भएपछि मुख्यमन्त्री र विभिन्न मन्त्रीहुन तयार रहिआएका नेपाली कांग्रेस र माओवादीका नेता एमालेको पछिल्लो कदमले ट्वाल्ल परेका छन । पोखरेलले बिहान प्रदेश प्रमुखलाइ भेटेर राजिनामा बुझाउनुभएको थियो ।

देशमा महामारीको बिक्राल रुप देखिने भएतापनी राजनीति अंतर्विरोध तथा पदको लागी तछाडमछाड गर्ने भने रोकिएको छैन ।