
बैशाख ३० टीकापुर
कैलाली जिल्लाको टीकापुर अस्पतालमा आइ सि यु संचालन गर्ने M.D Anesthesiologist अभावमा आज एक जना कोभिड सन्क्रमिट बिरामी लाई चितवन मेडिकल कलेज रिफर गरिएको हो।

https://youtube.com/shorts/SFAb2NHZIQI?feature=share
रिफर गरिएका एक जना महिला लाई एम्बुलेन्समा लैजादा समस्या हुने देखिए पछि टीकापुर अस्पतालको प्राङ्गणबाटै हेलिकप्टर मार्फत चितवन पुर्याएको हो। उनको चितवन मेडिकल कलेजको आइ सि यु मा उपचार भैरहेको उनका आफन्तले मालीका समाचार लाई जानकारी दिए।
टीकापुर अस्पतालमा अहिले ४३ जना कोभिड संक्रमीत बिरामी हरुको उपचार भैरहेको छ। बिहीबार दुइ जनाको ज्यान गएको कुरा HDU/ICUका डाक्टर रमेश उपाध्यायले मालिका समाचार लाई जानकारी दिनुभयो ।
हाल HDUमा ११ जना Janaralमा ११ जना नर्मलमा २१ जना गरि कुल ४३ जना कोभिड बिरामीको उपचार भैरहेको छ।

अन्य समाचारहरु
कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा
कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान
पछिल्लो २४ घण्टामा विश्वमा थपिए ८ लाखभन्दा बढी कोरोना संक्रमित