राजनीति

हाम्रो पार्टी भिन्न छ, भिन्न बनाउनु पनि पर्छ : माधवकुमार नेपाल

बिज्ञापन

काठमाडौं । ‘हाम्रो पार्टी भिन्न छ, भिन्न बनाउनु पनि पर्छ भनेर सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । उनले आाफ्नो पार्टी क्रान्तिकारी विचारधाराको भएकाले सफलता पाउने दाबी गरेका छन् ।

शनिबार बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा ओखलढुंगा पूर्व नेकपा विप्लव इन्चार्ज अमृत बस्नेतको नेतृत्वमा दर्जन कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा इमान्दारिता, निष्ठा र समाज रुपान्तरणको संकल्प भएकाले यो सबैको आकर्षणको केन्द्र बनेको बताए ।

यसैबीच उनले आफू नेकपा एमालेको संस्थापकमध्ये १ भए पनि त्यस पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको बताए । हामीले यत्रो प्रतिकूलताको बीचमा जुन हिसाबले पार्टीको निर्माण गर्यौं त्यो केपी ओलीले कल्पना पनि गरेको छैन ’ नेपालले भने । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएको दाबी पनि गरे । इमान्दारिताको पक्ष छ, निष्ठाको पक्ष छ, समर्पणको पक्ष छ, जनताको सेवा गर्ने पवित्र भावनाको पक्ष छ ।
समाजको रुपतान्तरण गरिछाड्ने संकल्प पनि छ’, अध्यक्ष नेपालले भने, ‘त्यसअनुसार नै असल व्यक्तिहरूको पहिचान गर्ने, गतिशील नयाँ पुस्तालाई क्रानितकारी विचारले ओतप्रोत गर्दै अगािड बढ्ने योजना छ ।’ विप्लव नेकपाका धेरै कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको यसका नेताले दाबी गरेका छन् ।

बिज्ञापन
बिज्ञापन