March 27, 2023

मालिका समाचार

देशकाे ऐना

(बर्दिया मधुवन नगरपालिका वडा नम्बर ५ का युवा हरुले गरे सहयोग )

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

रेशम चन्द

बर्दिया २० जेठ /बर्दिया मधुवन नगरपालिका वडा नम्बर ५ का युवाहरु सामाजिक काममा सकृय रहेका छन देशका विभिन्न जिल्लामा रहेका तथा वैदेशिक रोजगार मा गएका युवाहरुले अाफ्नो नगरपालिका तथा वडामा प्रवास देखि फर्कनु भएका साथीहरू को सहजता तथा स्थानीय सरकार लाई सहयोग गर्ने उदेश्य ले पंखा डिटोल तथा मच्छर मार्ने अौसधी दिई सहयोग का हात बढाएका छन।

विज्ञापन

मधुवन नगरपालिका को विपत व्यवस्थापन कोषमा रसुवा बाट रेशम चन्द ले रु ५००० रुपैया सहयोग गर्नु भएको छ भने मलेसिया कतार साउदी मा रहनु हुने लक्ष्मण राजी हेमन्त खड्का सन्दिप वली लगाएत स्थानीय गाउँका जीवन लामिछाने ले क्रमश २००० , २६५०, २७००, १००० जम्मा गरि मधुवन नगरपालिका वडा नम्बर ५ मा अवस्थित भृकुटी माध्यमिक विद्यालय अानन्द अाधारभुत विद्यालय र बुद्ध अाधारभुत विद्यालयमा रहेका क्वारेन्टाइन हरुमा एक एक पंखा डिटोल र मच्छर मार्ने अौसधी वितरण गरेका छन वडा सरकार र विद्यालय व्यवस्थापन सग समन्वय गरि यस महामारी का बेला अाफु बाट सकेको सहयोग गर्ने र यस महामारी विरुद्धको लडाइँमा सरकार सग हात मा हात मिलाइ अगाडि बढ्ने कुरा कृष्णनगर युवा समूह मधुवन ५ का रेशम चन्द लगाएत का सम्पुर्ण समाजसेवी युवाहरु बताउँछन् ।

साथी यस कार्यका लागि वडा अध्यक्ष कर्ण बहादुर खड्का विद्यालय का व्यवस्थापन समिति अध्यक्ष प्रधानाध्यापक हरु उहाहरु लाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।