थारू सम्वत वर्ष—२६४६
थारू समुदायको माघी पर्वको विशेषता
राजाराम चौधरी (टी.न.पा.—४, कोदैपुर)
थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय पर्वलाई स्थान विशेष अनुसार माघ पर्वलाई थारु समुदायले पश्चिमे थारु माघ, माघी, पूर्वेली थारु खिचरा, खिचरी भन्ने गरिन्छ । माघ शब्दमा बिशेषण जोडेर माघी’ शब्द प्रयोगमा आएको देखिन्छ । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ । वास्तवमा थारु समुदायको माघ नै मौलिक पर्व हो, थारू समुदायमा यसलाई नयाँवर्षको रूपमा मान्ने गर्छन् जुन थारु सम्वत् २६४६ सालमा प्रवेश गरेको छ । जसले जे भने पनि माघ पर्व थारु समुदायको मौलिक, पर्व हो र यसलाई नयाँ वर्ष र आर्थिक वर्ष दुबै रुपमा लिने गरिन्छ । यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा, भलमन्सा, बडघर, चिरकीयासम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने र लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिन सकिन्छ ।
माघमा मनोरञ्जन मात्रै होइन महत्वपूर्ण छलफल र जिम्मेवारी बाँडफाँड हुन्छ । यसको लागि गाउँको बौद्धिक अथवा जान्नेमान्ने व्यक्तिहरूको अनिवार्य सहभागिता हुन जरुरी हुन्छ । बरघर प्रर्णाली पनि थारू समुदायको लोकप्रिय र बैज्ञानिक प्रणालीको रूपमा मानिन्छ । लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण गरिने भएकोले यस पर्वलाई अझ व्यवस्थित बनाउन जरुरी छ । यसले परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास गर्छ । अतः यसलाई अझ समृद्ध बनाउनका लागि थारू समुदाय आफै लागि पर्नुपर्छ र शदियौंदेखि परम्परागत् अनुशासनमा रही आफ्नो शासन पद्धति चलाइरहेको थारू समुदायप्रति सँधै विभेद हुँदै गर्दा राज्यले पनि एक अर्काको अस्तित्वलाई स्वीकार्न सक्ने नीति र वातावरण सिर्जना गरी दिनुपर्छ भन्ने मूल सारतत्व हो ।
सुदूरपश्चिम नेपालको तराईका थारु समुदायको सबैभन्दा ठूलो नयाँ वर्ष तथा पर्वको रूपमा मनाइने यो पर्वमा विशेष गरी अण्डीचामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा लगायतका
You must be logged in to post a comment.