विज्ञापन

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्पताल भर्ना भएका छन् ।
उनलाई भैँसेपाटीस्थित मेडीसिटी अस्पतालमा राखिएको छ ।
विज्ञापन

पार्टी कार्यक्रमका लागि भैरहवा पुगेका अध्यक्ष ठाकुर बुधबार विहान अस्वस्थ भएका थिए । अस्वस्थ भएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पु¥याइएको थियो ।
ठाकुर अस्पतालमा आउँदा अक्सिजन लेभल ८६.८८ रहेको, ज्वरो १०३ डिग्री र छातीको एक्सरेपश्चात् निमोनिया देखिएको थियो ।
थप उपचारका लागि उनलाई काठमाडौं पठाउँदा १० लिटरमा अक्सिजन दिँदा अक्सिजन लेभल ९४ पुगेको थियो ।
भैरहवाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएका अध्यक्ष ठाकुरको अवस्था अहिले सामान्य छ। उनी मुटु सम्बन्धी समस्याका कारण नियमित चेकजाँच गराइरहेको बताइएको छ ।
विज्ञापन

अन्य समाचारहरु
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन
अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै