
धनगढी । धनगढीमा भोलि देखी १५ औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ । कोरोना माहामारीका कारण यो बर्ष ढिलो महोत्सब शुरु भएको हो । उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने भएका छन्।
कैलाली उद्योग वणिज्य संघले बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै तयार ९५ प्रतिशत पूरा भएको बताएको छ। झण्डै तीन सय स्टलहरुमा ९० प्रतिशत बुक भएका छन्। महोत्सवको तयारी लगभग पूरा उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए।
उनले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राखिने बताए। धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ।
अन्य समाचारहरु
अदालतलाई न्यायलय भन्छौ रवि लामिछानेको पद च्युत गरेर कसले न्याय पायो मैले बुझेको छैन:केपी शर्मा ओली.
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने