बिश्व

महारानी एलिजाबेथ द्वितीय को निधन

बिज्ञापन

काठमाडौ ,बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ।

स्कटल्याण्डस्थित बाल्मोरल काशलमा बिहिवार महारानीको निधन भएको हो जहाँ उहाँले ग्रीष्मकालीन समय बिताउनु भएको थियो । उहाँले बेलायतको इतिहासमा सबै भन्दा लामो समय ७० वर्ष देश र जनताको सेवामा राज्यभार समालेर शासन गर्नु भएको थियो ।
बिहिवार महारानीको निधन पछि बिश्वका धेरै मुलुकका राष्ट्र प्रमुख हरुले शोक व्याक्त गरेका छ्न।

महारनी एलिजाबेथ द्वितीयको पुरा नाम महारानी एलिजा बेथ (अलेकजेन्ड्रा मेरी) हो । बुवा जर्ज छैटौं र आमा एलिजाबेथ बोवेस-ल्यानको सन्तानको रुपमा अप्रिल १९२६ मा भएको थियो। जिम्मेवारीको सवालमा उहाँ राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख हुन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर पनि हुन् ।

बिज्ञापन
बिज्ञापन