आस्था /आध्यात्म

परमात्मालाई जान्नु उत्तम धर्म हो– नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

बिज्ञापन

महेन्द्रनगर, २७ साउन । ‘परमात्मालाई जान्नु उत्तम धर्म हो’ उक्त कुरा मुक्ति पर्व दिवसको उपलक्ष्यमा महेन्द्रनगरको सत्संग भवनामा आयोजित सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले बताउनुभयो ।

बिज्ञापन

उहाँले भन्नुभयो– ‘परमात्मालाई जान्नु नै उत्तम धर्म हो, धर्मले भनेका कुराहरुलाई धारण गर्नु नै धर्म हो । मानव योनि पाएर पनि परमात्मालाई जान्न नसक्नु त्यो ठुलो अर्धमी हो । पहिले हामी अनेकौ कर्म–काण्ड, रितिरिवाज, जातिपाति, छुवाछुतमा अल्झेका थियौं तर जब सतगुरुको कृपा हामीमाथि भयो, जब हामीलाई सत्गुरुले ब्रम्हज्ञानको दात प्रदान गर्नुभयो तबदेखि हामीलाई थाहभयो मानव योनि पाइसकेपछि ब्रम्हज्ञान आवश्यक रहेछ । ब्रम्हज्ञानबाट मात्र मानव योनिको मुक्ति हुँदो रहेछ भन्ने अमूल्य सन्देश सत्गुरु कृपाबाट हामीलाई थाह भयो । हामीले ब्रम्हज्ञान नलिनुभन्दा पहिले भौतिक जगतमा रुमिल्लिएका थियौं, जब हामीलाई ब्रम्हज्ञान प्राप्त भयो तब हामी जागृति अवस्थामा आयौं, हामीमा चेतनता आयो र सेवा, सत्संग, सुमिरणलाई जीवनको अभिन्न अंग बनाएर कर्म गर्न थाल्यौ । आज यो सबै सत्गुरुको कृपाबाट मात्र सम्भव हुन गएको हो ।’

जसको भक्ति, जसको पूजा त्यसको ज्ञान हुनु अत्यन्त जरुरी छ, त्यस ईश्वरको पहिचान गर्नुपनि आवश्यक छ । सत्गुरुबाट ब्रम्हज्ञान लिनुभन्दा पहिले हामी नजानेर भक्ति, पूजा–पाठ गरिरहेका थियौं, अनेकौं प्रकृतिको पूजा गरिरहेका थियौं तर त्यो सबै ब्यार्थ रहेछ जब सत्गुरुको शरणमा आयौं र हामीले ईश्वरलाई जान्यौं । ईश्वर सनातन हो, सनातन आत्मा हो, आत्मा अमर छ, यो कहिल्यै मर्दैन । संसार परिवर्तन छ, संसारमा रहेका हरेक चीज परिवर्तन छन्, परमात्माले संसारको रचना गर्नुभयो, संसारमा रहेका सबै पदार्थको यस परमात्माले रचना गरयो । यस जगतमा निराकार बाहेक अरु केहि पनि छैन सबै परिवर्तनशिल छन् । हामी सबै ईश्वरका अंश हौ । ईश्वर निराकार अखण्ड छ यो कहिल्यै विभाजि हुँदैन । यो सबै प्राणीमा व्याप्त छ । यो नै सबैको मालिक हो र यसलाई जान्नु जरुरी छ । आज यसलाई जानेबिना भक्ति सम्भव छैन र भक्ति बिना मुक्ति छैन । आज सत्गुरुले हामीमाथि कृपा गर्नुभयो र निराकारको जाकारी गराउनुभयो । युग–युगमा अवतार आएर र प्राणीहरुको कल्याण गरे । जसले परमात्माको यस अवतारलाई जान्यो त्यसको कल्याण भयो र जसले चिनेन त्यो चौरासी लाख योनिमा फस्न गयो । आज सत्गुरुले हामीलाई पाँच प्रण र नौ प्रकृतिको जानकारी गराएर संसारमा मानव प्राणीको उद्धार गरिरहनु भएको छ, उहाँले बताउनुभयो ।

जगतमाता बुधवन्ती जीले सन् १९६४ मा आफ्नो नश्वर शरीरलाई त्यागेर यस निरंकारमा लिन हुनुभयो त्यस दिनदेखि उनको सम्झनामा यो पर्वको थालनी भएको हो । पछि १७ सेप्टेम्बर १९६९ मा बाबा अवतार सिंह जीले नश्वर शरीर त्यागेर निरंकारमा लिन हुनुभयो तब सहंसा–जगत माता जीको रुपमा यस पर्वलाई मनाउन थालियो । पछिगएर सन्त निरंकारी मण्डलका प्रथम प्रधान लाभ सिंह जी १५ अगस्त १९७९ मा ब्रम्हलिन भएपछि बाबा गुरबचन सिंह जीले यस दिनलाई मुक्ति पर्वको नाम दिनुभयो र त्यस समयदेखि निरन्तर रुपमा ‘मुक्ति पर्व’ को रुपमा मनाइदै आइएको छ । पछि गएर यसमा बाबा गुरबचन सिंह जी, राजमाता जी, बाबा हरदेव सिंह जी र सत्गुरु माता सविन्दर जीको नाम पनि जोडिन गयो र मुक्ति पर्वमा विशेष गरेर उनीहरुले संसारको मानव कल्याणको लागि पुरयाएको योगदानमाथि स्मरण गर्ने गरिन्छ, उहाँले प्रष्ट पार्नुभयो ।

सन्त उहाँले निरंकारी मण्डलको केन्द्रीय कार्यलय दिल्लीबाट प्रत्येक देशमा आफ्नो समय–बार अनुकुल मुक्ति पर्व दिवस मनाउनु भनि आदेश आएकोले आज १३ अगस्तको दिनमा नेपाल अधिराज्यभरि यस पर्वको आयोजना गरिएको जानकारी गराउनुभयो ।

मुक्ति पर्वमा निरंकारी मिशनलाई अगाडि बढाउनुमा आफ्नो अहम भूमिका निर्भाह गरेर ब्रम्हलिन हुनुभएका नेपाल लगायत विश्वका विभिन्न देशमा ब्रम्हलीन भएका महापुरुषको सम्झना गर्ने गरिन्छ । नेपालका ब्रम्हलीन महात्माहरुले पनि मिशनलाई अगाडि बढाउनुमा आफ्नो प्राणको कुनै प्रवाह नगरेर रातदिन यसमा समय खर्चिनुभयो, त्यस्ता सन्त–भक्तहरुको स्मरण यस दिन गर्ने गरिन्छ उहाँले बताउनुभयो । यस्ता महात्माहरुमा नेपालको पहिलो ज्ञान प्रचारक महात्मा लाल बहादुर, कृष्ण प्रसाद रेग्मी, खडक शाह, नन्दलाल रेग्मी, डबल बहादुर खड्का, रन सिंह सुनार, उजीर सिंह लगायत अनेकौं महात्माहरु रहेका छन् जसले आफ्नो अन्तिम स्वाँस सत्गुरुको शरणमा बिताउनुभयो र सेवा, सत्संग, सुमरण गर्ने प्रेरणा दिएर जानुभयो ।
उहाँले सतगुरुको अपार कृपा हुँदा मार्च ६ तारिकबाट नियमित रुपमा भौतिक रुपमा उपस्थित भएर सत्संग भवनमा सत्संग गर्ने सु–अवसर प्राप्त भएको कुरा बताउनुभयो ।

कार्यक्रमा सन्त निरंकारी मण्डलका केन्द्रीय सहसचिव नर बहादुर विश्वकर्मा, प्रचारक करन सुनार, सर्जन सिंह, सुभाष सिंह, मदन सिंह, प्रेम, आशा, लक्ष्मी, विसन सिंह, निलम, दुर्गा, शितल, अमृता, जयेश, गायक तेज बहादुर बोहरा, ईन्द्र सिंह, मालिका समाचार तथा सन्त निरंकारी मासिक पत्रिका सम्पादक पूर्ण कुमाल लगायत अनेकौं सन्त–महापुरुषहरुले भजन तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन पूर्व शिक्षक मान सिंहले गर्नु भएको थियो ।

बिज्ञापन