आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपाल, महेन्द्रनगरद्वारा महेन्द्रनगरमा वृहत नारी सत्संग सम्पन्न

बिज्ञापन

महेन्द्रनगर, २६ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा वृहत नारी सत्संग भव्यताका साथ सम्पन्न भएको छ । हिजो विहिबार महेन्द्रनगरको सत्संग भवनमा आयोजित वृहत नारी सत्संगलाई दिल्लीबाट आउनु भएकी ज्ञान प्रचारक श्रीमती डा.उर्मिल जिन्दल जीले सम्बोधन गर्दै भन्नुभयो कि जुन प्रकारले नेपाल र भारत बीच रहेको सिमा रेखाले दुबै देशलाई विभाजन गरिरहेको हुन्छ त्यहीँ अर्को दृष्टिकोणबाट हेर्छौ भने त्यस सिमा रेखाले दुबै देशलाई एकापसमा जोडि रहेको हुन्छ । यस प्रकार भक्तको जुन दृष्टि हुने गर्दछ, त्यो साधारण नभएर ज्ञानको दृष्टि हुने गर्दछ । जस्तै हामीसंग कुनै चश्मा छ र त्यसलाई लगाएर हेर्छौभने यदि त्यो चश्मामा पहिलो रंगको शिशा छ भने हामीलाई पहिलो रंग नै देखा पर्ने छ, त्यस्तै यदि त्यो चश्मामा कालो रंगको शिशा छ भने हामीलाई कालो रंग नै देखा पर्ने छ, रातो छ भने रातो नै देखा पर्ने छ । तर त्यो वस्तु कुनै कालो, रातो, पहिलो आदि नभएर दृष्टिले हामीलाई त्यतातिर

बिज्ञापन

लिएर जाने गर्दछ किनभने हामीले त्यस्तो चश्मा लगाएका छौ । यसरी जो भक्त हुने गर्दछ, त्यसको जो चश्मा हुन्छ त्यो ब्रम्हज्ञानको हुने गर्दछ ।

सत्गुरु माता जीले जुन ज्ञान हामीलाई दिनुभयो त्यसको उल्लेख यहाँ अनेकौ महात्माहरुले विभिन्न रुपमा गर्नुभयो । ज्ञानको केवल चर्चा गर्नुबाट मात्र जीवनमा लाभ हुने छैन जबसम्म हामीले यसलाई सही तरीकाबाट आफ्नो जीवनमा ढाल्दैनौ । जस्तै कुनै विषयमा हामीले पढाई त गरयो वा जस्तै कहिले काहि हामीलाई नयाँ पन वा विशेष प्रकारको परिकार बनाउने इच्छा जागृत भएपछि कुनै किताब पढेर, यूटूव हेरर बनाउन सक्छौ तर त्यसबाट लाभ तबसम्म लिन सक्दैन जबसम्म हामी यसलाई ग्रहण गर्दैनौ । ठिक यस्तै प्रकार यो ब्रम्हको ज्ञान छ जुन सत्गुरुले हामीलाई दिनुभयो साथै यससंग नाता पनि जोड्नुभयो तर यतिले मात्र पर्याप्त हुँदैन, यसको लागि पल–पल परमात्मालाई ध्यान गर्नु छ, त्यसको ईसारामा हामीले आफ्नो कर्मलाई अगाडि बढाउनु छ, तब मात्र ब्रम्हज्ञान पाएको सार्थक हुने उहाँले बताउनु भयो ।

उहाँले अवतार बाणीमा उल्लेख गरिएका शब्दहरुमाथि प्रकाश पार्दै भन्नुभयो कि ब्रम्हज्ञानको बारेमा बाबा अवातर सिंह जीले अवतार बाणीलाई पंजाबी भाषामा लेख्नुभयो, यहाँ भाषा कुनै रोकावट हु्ँदैन, चाहे त्यो नेपालीमा होस वा हिन्दीमा ब्रम्हज्ञानको भाव एउटै हुन्छ, त्यो सबैलाई समझमा आइरहेको हुन्छ । उहाँले एउटा घरमा पालिएको कुकुरको उदाहरण दिदै भन्नुभयो कि यदि कुनै घरमा पालिएको कुकुरको बारेमा त्यस घरका मालिकलाई थाह हुन्छ कि कतिखेर उसलाई भोक लाग्छ, कतिखेर त्यो घुम्न जाने हो, कतिखेर दिशा–पिशाब गर्ने हो आदि सबै कुरा थाह हुन्छ । यसरी दुई कुकुर र मालिकलाई एउटा शब्दले एकापसमा जोडिरहेको हुन्छ त्यो हो प्रेम । प्रेमद्वारा नै कुकुर र मालिकले एक–अर्काको भावलाई बुझ्न सकिरहेका हुन्छन् । प्रेमको भाव सबै प्राणीहरुमा हुने गर्दछ । यी प्राणीहरु मध्ये सबैभन्दा उत्तम प्राणी मानवलाई मानिएको छ । मानवले प्रत्येक प्राणीको भावलाई बुझ्ने गर्दछ । तर आज मानवले यसलाई बुझेर पनि नबुझेको नाटक गरिरहेको छ, उहाँले प्रष्ट््याउनुभयो ।

उहाँले प्रेमको स्रोत निराकार परमात्मा हो बताउँदै जब हामी यस निराकारसंग जोडिन्छौ तब जतिपनि दुःख–कष्ट छ भनेर त्यो दूर हुन जान्छ । त्यसैले यो मानव तन निकै दुलर्भ छ र यो बार–बार पाईदैन, यसै मानव योनिमा हामीले आत्माको पति परमात्मालाई चिनेर यसैमा इकमिक भएर ब्रम्हज्ञानलाई आत्मा साथ गर्दै जोपनि सत्गुरुको वचन आउँछ त्यसको हु–ब–हु पालन गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो ।

त्यस्तै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले ब्रम्हज्ञान नलिनुभन्दा पहिले हामी यता–उता भौतारिरहेका थियौं तर केवल ब्रम्हज्ञान लिएर मात्र हामीले मानव योनि पाएको सार्थक गर्न सक्दैनौ, जबसम्म हामी यस निराकारसंग जोडिएर यसको आधार लिएर गुरमतको अनुसार अगाडि बढ्दैनौ । आज हामी आफ्ना थुप्रै कामकाजलाई ठाँटी राखेर मिशनमा किन आवद्ध छौ भन्दा उहाँले मानव जीवनको कल्याण गर्नको लागि नै हो । त्यसैले हामीले परमात्मालाई जानेर यसको भक्तिमा लिन भएर नै गुरुको वचनलाई शिरोधार्य गरेर यदि हामी आफ्नो कार्यलाई अगाडि बढाउँछौ भने अवश्य पनि मानव जीवन सफल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

देहरादूनबाट आउनुभएका ज्ञान प्रचारक ज्ञानेश्वर गुरुङले भक्तिमाथि प्रकाश पार्दै भन्नुभयो कि जबसम्म हामी परमात्मालाई चिन्दैनौ, त्यसको बारेमा थाह पाउँदैनौ तबसम्म हाम्रो भक्ति प्रवल हुन सक्दैन, न त हाम्रो ध्यान यस प्रभुको भक्तिमा टिक्न सक्छ । त्यसको लागि सबैभन्दा पहिले हामीले सत्गुरुको माध्यमबाट यस परमात्मालाई जान्नु आवश्यक छ र जानि सकेपछि सत्गुरुले देखाएको मार्गमा हामी अगाडि बढ्छौ भने हामीले भक्ति गरेको सार्थक हुन सक्ने बताउनुभयो ।

उक्त अवसरमा महेन्द्रनगर सत्संग भवनका मुखी नर बहादुर विश्वकर्माले स्वागत मन्तब्य दिनुभएको थियो भने उर्मिला एवं साथीहरु, अमृता देवी एवं साथीहरु, पार्वती देवी, ममता शर्मा, रेनुका, विष्ना, सितल, अनुश्री, पूजा गुरुङ, मुना गुरुङ, दिल्लीबाट आउनु भएकी रेखा भाटिया तथा उषा गुरुङ, संगीता एवं साथीहरु, रिया, अमिशा एवं साथीहरुले आ–आफ्नो गीत तथा प्रवचनको माध्यमबाट भाव व्यक्त गरेका थिए भने मंच संचालन लक्ष्मी विश्वकर्माले गर्नुभएको थियो । नारी सत्संग कार्यक्रममा कञ्चनपुरभरिका निरंकारी महिलाहरुको उत्साह वर्धक सहभागिता रहेको थियो भने सत्संगमा सहभागि सन्तहरुको लागि लंगरको पनि व्यवस्था सत्संग भवनमा नै गरिएको थियो ।

बिज्ञापन