विज्ञापन

बझाङ । बझाङमा महिलामाथि बलात्कार गरेर गहना लुटेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल प्रान्त माल्दा जिल्लाका २९ वर्षीय बिजय राजवंशी र २२ वर्षीय सन्तान मुर्मु भन्ने सनातन मुर्मुलाई रहेका छन् ।
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–५ मा महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा उहा २ जनालाइ पक्राउ गरिएको हो । दुवैजना कालङ्गा हाइड्रोपावरमा काम गर्ने कामदार रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनु भयो ।
विज्ञापन

महिलामाथि जबरजस्ती करणी गरी ३ तोला ४ आना बराबरको गरगहना लुटेको जाहेरीका आधारमा उहाहरूलाई पक्राउ गरिएको विष्टले जानकारी दिनु भयो । पक्राउपछि दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ