टीकापुर

मालिका शिशु निकेतन इङलिस बोर्डिङ स्कलकाे १५औ बार्षिक भेला तथा अभिभावक दिवस सम्पन्न

बिज्ञापन

टीकापुर २६ फागुन टीकापुर नगरपालिका वार्ड नम्बर-१ ब्लक-९मा निर्माणाधीन मालिका शिशु निकेतन इङलिस बोर्डिङका अध्यक्ष कलावती स्वारको अध्यक्षतामा १५ औ बार्षिक भेला तथा अभिभावक दिवस सुक्रबार सम्पन्न भएकाे छ ।
उक्त भेलामा प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश नीति तथा याेजना आयाेगका सदस्य प्राध्यापक डा जगत बहादुर सिं रावल रहनुभएको थियो रावलले कार्यक्रमलाई सम्बोधन गर्दै मालिका शिशु निकेतन स्कुलमा बालबालिकालाई घरायसि बाताबरणमा अध्यापन गराउने गरेकाे बताउनु भयाे ।
संगै यश स्कुलले भबिष्यमा राम्राे प्रगति गर्ने बताउनु भयाे ।प्रमुख अतिथिरावलले प्रदेशमा सिफारिस भै गएका याेजनालाई प्रदेश स्तरमा प्राथमिकता ताेक्नसक्ने नीति तथा आयाेगकाे काम भएकाे बताउनु भयाे ।अगाडि थप्दै प्रदेशमा पुर्ण सरकारी ,सामुदायिक र निजि गरि शिक्षामा तीनवटा बर्गिकरण ताेकिएकाे र अनाबश्यक खाेलिएका बिद्यालयलाई एकीकरण गर्ने ननीति रहेकाे बताउनु भयाे ।
त्यसैगरि अन्य अतिथि हरुमा नेकपा एमालेका टीकापुर नगर कमिटी अध्यक्ष धुर्ब खत्रि, टीकापुर अस्पताल वयवस्थापन समितिका अध्यक्ष झपट शोडारी , टीकापुर खानेपानीका सदस्य भानुभक्त जैसी ,मालिका समाचारका प्रबन्धनिर्देशक प्रेम भट्टराई राष्ट्रप्रेमी ,टीकापुर हटलाइनका संचालक पत्रकार शेर बहादुर बिष्ट , नवदुर्गा आधारभुर विद्यालयका प्र.अ राम प्रसाद भट्टराई ,लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खेलकुद र तियमित कक्षामा राम्राे अंक ल्याउने बिद्यार्थिलाई पुरस्कार बितरण गरिएकाे थियाे ।
बिद्यालयका प्रिन्सिपल चेत राज देबकाेटाले बिद्यालयकाे बार्षिक प्रतिवेदन पेश गर्दै अभिभाबककाे सल्लाह सुझाबअनुसार पढाईलाई अगाडि बाढाइएको बताउदै आगामिदिनमा पनि सहयाेग गर्न अनुराेध गर्नु भयाे ।
कार्यक्रमको प्रारम्भमा बिद्यालयका संस्थापक तथा लेखापाल संगीता बमले उपस्थितलाई मन्तव्यमा स्वागत गर्नु भएकाे थियाे। भने सञ्चालन शिक्षिका पार्बति उपाध्यायले गरेकािथिन ।
कार्यक्रमको अध्यक्ष कलावती स्वारले अन्तमा समापन गर्दै आफू शैक्षिक क्षेत्रमा ३३बर्ष काे अनुभव रहेकाे बताउदै शिक्षाक्षेत्रकाे अनुभबलाई संगाल्दै घरायसी बाताबरणमा समय अनुसारकाे शिक्षा दिलाउनकाेलागि संस्थाकाे बिद्यालय स्थापना गरिएकाे बताउनु भयाे ।

बिज्ञापन
बिज्ञापन