June 5, 2023

मालिका समाचार

देशकाे ऐना

ज्ञानेन्द्र साहिको राहत वितरण बारे मङ्गल थापा खोले मुख

बैशाख २१ काठमाडौ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता मंगल थापाले भ्रष्टाचार विरुद्धको सामाजिक अभियान सञ्चालन गरिरहेका ज्ञानेन्द्र शाहीलाई काठमाडौका घरवालालाई नभएर जुम्लाका समस्याग्रस्त नागरिकलाई राहत वितरण गर्न चुनौती दिएका छन् ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

एलिट वर्गको बसोबास रहेको काठमाडौका कथित पीडितलाई राहत वितरणको नाटक गरेर ‘पब्लिक सेन्टीमेण्ट’ क्याच गर्न र चर्चा कमाउनकै लागि राहत वितरण गर्ने सट्टामा आफ्नो धरातलीय यथार्थलाई मनन गर्दै वास्तविक समस्याग्रस्त क्षेत्रमा काम गरेर देखाउन थापाको चुनौती छ ।

यो सँगै राहत वितरणको लागी भनेर स्वदेश तथा विदेशबाट संकलित रकमको यथार्थ विवरण सार्वजनिक गर्नसमेत उनले चुनौती दिए । ‘ज्ञानेन्द्र जी जुम्लाकै नागरिक हुनुहुन्छ, आज जुम्लावासी अत्यावश्यक सामाग्री र उपचारको पहुँचबाट टाढा छन्, शाही साँच्चै राहत वितरण गर्न चाहानुहुन्छ भने त्यहाँका नागरिकलाई राहत वितरण र आवश्यक सहयोग गर्नुहोस् । काठमाडौमा हल्लाखल्ला गर्न आवश्यक छैन् । थापाको भनाइ छ ।

विज्ञापन

सस्तो प्रचारबाजीका पछाडि लागेर समाजसेवा ढोंग नगर्न समेत उनले चेतावनीसमेत दिए । अनुमति बिना राहत वितरण गरेर लकडाउनको उल्लंघन गरेको अभियोगमा पक्राउ परेका शाही केही दिन अघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका हुन्