राष्ट्रिय समाचार

उत्कृष्ट नगरपालिका भयो मंगलसेन नगरपालिका

बिज्ञापन

अछाम । कार्यसम्पादन मूल्यांकनका आधारमा अछामको मंगलसेन नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ७५३ वटै स्थानिय तहको कार्यसम्पादन मुल्यांकनबाट तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार जिल्लाको सदरमुकाममा रहेका मंगलसेन नगरपालिका जिल्लामै पहिलो बन्न सफल भएको हो ।
सय अंकभारमा मंगलसेन नगरपालिकाले ७३.९९ अंक प्राप्त गर्दै अछाम जिल्लाको पहिलो, सुदूरपश्चिम प्रदेशको ५ औँ तथा देशकै ११ औँ स्थानमा पर्न सफल भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयो । मंगलसेन नगरपालिकालाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सबैलाई नगरपालिका कार्यालयले धन्यबाद समेत दिएको छ ।

बिज्ञापन

१७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। समयमै बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आ.वको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको विषयमा मूल्यांकन गरेको थियो ।

बिज्ञापन