राष्ट्रिय समाचार

मन्त्री आले र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीचको झगडाको वास्तविकता पर्दाफास

बिज्ञापन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीबीचको झगडा तल्लो स्तरमा झरेर सार्वजनिक भएको छ । मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील शब्द प्रयोग गर्दै हातपात गरेको अडियो सार्वजनिक भएपछि उनीहरुबीच के के विषयमा विवाद थियो भन्ने कुरा तथ्य खुल्न थालेका छन् ।
निगमबाटै अवकास भएका पूर्व कर्मचारी युवराज अधिकारी एकीकृत समाजवादीका ’सम्मानित’ नेता झलनाथ खनालको सिफारिशमा मन्त्री आलेले अधिकारीलाई कार्यकारी अध्यक्ष बनाएका थिए ।

बिज्ञापन

त्यतिबेला तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले नियुक्त गरेका महाप्रबन्धक डीमप्रकाश पौडेललाई हटाउनुपर्ने भएका कारण अधिकारीलाई कार्यकारी अध्यक्ष बनाएर महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेका थिए । सुरुमा अधिकारी र आलेबीच राम्रै सम्बन्ध भइरहेको थियो ।

निगमका बोर्ड सदस्य हटाउने कुरामा पनि उनीहरुबीच मिल्नसम्म कुरा मिलेको थियो । कतिसम्म भने बोर्ड सदस्यद्वय फुर ग्याल्जेन शेर्पा र ईश्वरी पौडेललाई हटाउन आलेको निर्देशन अनुसार नै अध्यक्ष अधिकारीले काम गरेका थिए ।

मन्त्री प्रेम आले कै निर्देशनमा बोर्ड बैठकमा सहभागी हुन नदिन कार्यालयको गेटमा कर्मचारीहरुलाई आन्दोलित गराई प्रवेश निषेधसहितको व्यानर राख्न अधिकारीले नै लगाएका थिए । मन्त्री आलेको निर्देशनमा अधिकारीले त्यो काम गरेपछि बोर्ड सदस्यहरू लगातार तीनपटकसम्मका बैठकमा सहभागी हुन सकेनन् ।

त्यही बहानामा शेर्पा र पौडेललाई हटाउने निर्णय भएको थियो । ती तीनवटा बैठकमा महाप्रबन्धक डीमप्रकाश पौडेल पनि सहभागी भएका थिएनन् । त्यसैले तीनै जनालाई हटाउने एउटा आधार बनाईएको थियो ।

संस्कृति मन्त्री भन्नै लाज लाग्ने शैली र स्वभावका उच्छृंखल स्वभावका मन्त्री प्रेम आलेको आदेश अनुसार, काम गरिरहेका अध्यक्ष अधिकारीले मन्त्रीको सबै निर्णय मान्न अस्वीकार गर्दा लफडामा पर्न थालेको थिए । विदेशमा रहेको निगमका जिएसए कार्यालयको नवीकरण गर्नेदेखि विमानस्थलको जग्गा लिजमा दिने प्रयासमा समेत अध्यक्ष अधिकारी र आलेको विवाद भएको थियो ।
उटा जिएसए कार्यालयलाई नवीकरण गरिदिएकै खण्डमा वर्षमा करोडजति कमिशन आउने चर्चा मन्त्रालयमा रहेको छ । निगमका १२ वटा जिएसए कार्यालय नवीकरण गर्नुनपर्ने अवस्थामा रहेको त र कतार र जापानको मात्रै नवीकरण भएको पनि मन्त्रालय स्रोतले दाबी गरेको छ ।

यो विषयमा पनि उनीहरुबीच कुरा मिलेको थिएन । अडियोमा सार्वजनिक भएजस्तै नियम विपरीत कर्मचारी भर्ति गर्ने सम्बन्धमा पनि अध्यक्ष अधिकारी र आलेबीच झगडा भएको थियो । मन्त्रालयले स्पष्टीकरण सोध्ने क्रममा उठाएका केही विषय पनि अझै साम्य भएका छैनन् ।

मन्त्रालयले २६ जेठ ०७९ मा मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने र ३ दिनभित्र स्पष्टीकरण बुझाउन पत्र लेखेका छन् । मन्त्री आलेसहित एकीकृत समाजवादीका मन्त्रीहरुलाई फिर्ता बोलाउने २२ जेठमा भएको निर्णयपछि अधिकारीलाई निलम्बन गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको देखिन्छ ।

मन्त्री फिर्ता गर्ने पार्टीको निर्णय तत्काल कार्यान्यन गर्नुपर्ने पक्षमा खनाल कडा रुपमा उभिएका थिए । त्यही रिस र्फेन जेठ २३ गते मन्त्री आलेले पर्यटन पुनरुत्थान कार्यदल विघटन गर्ने निर्णय गरेका थिए ।

मन्त्रीस्तरीय निर्णयबाट गठन भएको उक्त कार्यदललाई २० करोड बजेट व्यवस्था गर्ने तयारी पनि भएको थियो । उक्त कार्यदलमा मधुसुदन गिरीलाई संयोजक बनाईएको थियो । गिरी खनालकै सिफारिशमा संयोजक भएका थिए ।

हतारहतार कार्यदल विघटन गर्ने मन्त्री आलेको निर्णय त्यही झलनाथ खनालमाथिको रिस पोखेको चर्चा थियो । त्यसबाहेको अर्को रिस अध्यक्ष अधिकारीमाथि पोखिएको चर्चा पनि भइरहेको छ ।

बिज्ञापन