विज्ञापन

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।
विज्ञापन

आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए ।
गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहका निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए । मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताए ।
विज्ञापन

अन्य समाचारहरु
कैलालीमा एमाले प्रवेश गर्नेको लर्को
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता