विज्ञापन

काठमाडौ । स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ ।
जसका कारण आज पहाडी भू–भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सोमवार बिहान पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागको मौसम सामान्यतः सफा रहेको छ ।
विज्ञापन

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसम सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षाको हुनेछ ।
अन्य समाचारहरु
सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा
अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया
विश्वासको मत दिने सबैलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री लचिलो