घटना समाचार

बिहे हुने खुसीमा मध्यरातसम्म नाचगान, सुतेपछि बाबुछोराकै विभत्स हत्या

बिज्ञापन

सिरहा । सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ ।

सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो ।

घरमै सुतिरहेको अवस्थामा गएराति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ ।

सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी थियो ।

बिज्ञापन

महिलाहरु राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए ।

सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर (डगटोली) बाट अनुसन्धान गरको छ ।

घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने ढकालले बताए । दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

बिज्ञापन
बिज्ञापन