राजनीतिविकास

एम सी सी अमेरिकी अनुदान नेपालीमा हानाहान दोहोरो चरीत्र नेता कति महान ?

बिज्ञापन

फागुन ८ काठमाडौ ;अमेरिकी अनुदान नेपालीमा हानाहान भएको छ। अमेरिकी रणनीतिको नेपाललाई अनुदान दिएको एम सी सी को बिषयले नेपाली राजनीतिमा ठुलो तरंग निम्त्याएको छ भने केहि राजनीति पार्टीका नेता हरु बिभाजन भएको देखिएका छ्न नेकपा एमालेका नेता भिम रावल यसको सुरुवात देखी नै बिरोध गर्दै आइराख्नु भएको छ भने आज संसदमा नाराबाजीका बाबजुद एम सी सि टेबुल गरिएको छ उक्त बिषयलाई लिएर नेता भिम रावल भन्नु हुन्छ प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका नेता हरुबाट गैर कानुनी नेपाली काम संगै नेपाली जनताको आवज कुल्चिने काम भएको छ।

बिज्ञापन

देशको संविधान संघीयकानुन को वास्ता नगरेर शेर बहादुर देउवाले बिदेशी शक्तिको सामु लम्पसार भएर हाम्रो देशको स्वधिनता माथी आघात पुर्याउने कार्य गरेको छ।
कुनै अरु देश संगको सन्धि सम्झौता गर्दा कानुन हुनुपर्छ नेपाल को संविधानलाई कुल्चिने काम भएको छ जबर्जस्ति देशमिच्ने काम गरेको छ ।
संविधानको धार २७९ अनुसार कानुन हुनुपर्ने सबै धारा लाई कुल्चेर प्रधानमन्त्री विदेशी शक्तिको सामु लम्पसार हुदै प्रसान्त अमेरिकी रणनीतिको भुमरीमा नेपाल लाई घचिट्ने काम गरेको सरकारमा रहेको दल माओवादी केन्द्रको असहमति हुदाहुदै पनि एम सी सी टेबुल गर्नुले हाम्रो भुमि मिच्ने खतरा हुन्छ त्यसैले यसको घोर निन्दा गर्नु पर्छ।

एम सी सी गैर कानुनी ढंगले प्रस्तुत गरेको भनी सडकमा भैरहेको बिरोध प्रदर्शन

एकीकृत समाजबादीका बरिस्ठ नेता झलनाथ खनाल भन्नु हुन्छ गम्भीर महत्त्वको राष्ट्रको स्वतन्त्र सार्वभौमसत्ताको महत्त्व धरापमा पार्ने गरि कार्य भएको छ, संचार कर्मीले सोधेको प्रश्न तपाई सरकारमा हुनुहुन्छ फेरिपनी बिरोधि किन दोहोरो कुरा गर्नु हुन्छ खनाल ;हाम्रो पार्टीको बैठक बसेरनै यो एम सी सी गलत छ भन्ने निर्णयमा पुगेका हौ र कोहि समर्थन गर्छ भने त्यो ब्याक्ती हो पार्टीको कुनै निर्णय एम सि सि को पक्षमा छैन जनता सडकमा आइरहेको बेला जनभावना कुल्चिनु र बिदेशीको कुनै सहयोगको निम्ति देश बिभाजन गराउनु अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो कुनैएक परियोजनाका कारण देश बिभाजन हुनुपर्ने कारण के ?जो भएको छ अत्यन्तै गलत हुँदै छ।

प्रदर्सनकारी हरुले प्रहार गरेको ढुङ्गालाग्दा घाइते भएका प्रहरी जवान

एकीकृत समाज बादीकि नेत्री तथा सहरीविकास मन्त्री राम कुमारी झाक्री संचार कर्मी सित कुरा गर्दै पार्टी बिभाजन भयो हाम्रा असहमति छ्न संसोधन गर्ने ठाउँ सदन हो यसलाई टेबुल गर्न दिउ भन्नेकुरा पार्टीको आधिकारिक निर्णय हो,संकल्प प्रस्ताव अथवा कुनै संसोधन गर्ने संसदमा जानुपर्छ ,सहमति भएको मुद्दामा पार्टी बिभाजनमा जानु हुदैनिक भन्ने हाम्रो धारणा हो यो परियोजना संसदमा प्रवेश भएको छ यसलाई सकारात्मक रुपमा लिनुपर्छ मुलुकले सडक बाट जवाफ मागिरहेको थियो सडक बाट जवाफ दिन सकिने अवस्था थिएन ।

एउटा प्रक्रियामा जान्छ अबरुद्ध गर्ने हरुलाइ जवाफ दिन पनि प्रक्रिया चाइन्छ नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा यो प्रस्ताव राष्ट्र घाती हो भने माओवादी केन्द्रका साथीहरूले सदनमै प्रचण्ड मुर्दावाद,भन्न सक्नुपर्छ यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने भिम रावलले सांसदमा केपी ओली विरुद्ध नारा लाउनु पर्छ ,यो विषय बाहिर भन्दा भित्र छलफल प्रक्रियामा नेकपा एमाले ,राष्ट्रिय जनमोर्चा ,मजदुर किसान ,माओवादी , लगायत पार्टी हरु संसदमा उपस्थित भएका छ्न आज जसरी छलफल सुरु भयो त्यसरी नै छलफल हुन्छ र मतदानमा जान्छ सरकारमा पनि बस्ने सरकारले ल्याएको प्रस्तावमा विपक्षमा मतदान गर्ने गर्‍यो भने नैतिकताको प्रश्न पनि रहला यसको बिशयमा जनताको बिचमा पनि जानुपर्ने होला नाराबाजीको बीचमा पनि छ्लफल हुन्छ भन्ने कुरा आज प्रमाणीत भएको छ राजनीति नैतिकता तथा जवाफदेहीता को कुरा पनि होला

प्रदर्शनकारी लाई लाठी चार्ज गर्दै प्रहरी

एम सी सीको पक्षमा मतदान गर्नुपर्छ आज टेबुल भएको प्रस्तावमा टेबुल गर्न सम्म आइपुगेका साथीहरू १२ गते सम्म मतदान गर्ने पक्षमा आइपुग्ने विश्वास आफुले लिएको गगन थापा ,नेकपा एमाले ,नेकपा माओवादी नेकपा एकीकृत समाजवादी , राष्ट्रिय जनमोर्चा नेपाल ,नेपाल किसान मजदुर पार्टी लगायतका पार्टी हरुलाइ यसको पक्षमा मतदान गर्ने अनुरोध गरे नेपाली काङ्ग्रेस ने यसका सबै बिषय बस्तु हरुमा छ्लफल गर्न तयार रहेको छ।

बिज्ञापन