
काठमाडौ । मेलम्ची खानेपानी विकास समितिले आज मेलम्चीको खानेपानी सुरुङमा पठाउने भएको छ ।
समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । उनका अनुसार आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गत १ असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।

सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ । गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो ।
वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।
अन्य समाचारहरु
सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा
अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया
विश्वासको मत दिने सबैलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री लचिलो