May 25, 2022

मालिका समाचार

देशकाे ऐना

मानसिक रुपमा फ्रेस हुने १० उपायहरू : – डा. सिपी सेडाइ

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

१. कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि मानिसको मन भौतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पु¥याउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने ।

विज्ञापन
Jay Durga

२. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । हामी हाम्रो प्रगति चाहन्छौं, यो राम्रो पक्ष हो । तर हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई नकारात्मक मुल्यांकन गर्ने बानी असाध्यै नराम्रो हो । त्यसैले मनलाई ठुलो पार्नुपर्छ, संकिर्ण पार्नु हुदैन । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ, हामीलाई मनोरोग लाग्न सक्छ । हामी आफूभन्दा सानालाई कसरी सहयोग गर्ने र आफूसरहको प्रगतिमा साथ दिनुपर्छ, नकि आफूलाई अबमूल्यन गर्ने होईन ।

३. पूराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन । बाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ । त्यसैले यस्ता वस्तु देख्दा मन बेचैन बनाउन हुँदैन, मन ढुक्क पार्नुपर्छ । किनभने यस्ता कुरामा कुनै सत्यता हुँदैंन । राशिफल हेराउने, भूतप्रेत बोक्सी युगको अन्त्य भइसक्यो । त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरबाद गर्नुहुँदैंन । बरु सफा पानी, ताजा खानेकुरा खाने, राती बाटोमा हिड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छन् । त्यसैले पूराना गलत चलन पनि हटाउनुपर्छ ।

४. हरेक काममा खुसी, सुखी तथा सन्तुष्ट बन्ने, दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल। असफल हुँदैंमा हतास हुनुहुँदैन, बरु असफलताको कारण पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ । निराश हुनुहुँदैन । अरुसंग पनि सरसल्लाह लिनुपर्छ । कहिलेकाँही हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैंन । कतिपय समस्या आफै पनि समाधान भएर जान्छन् । ३, ४ महिनापछि आउने समस्यालाई लिएर पहिल्यै चिन्तित हुनुहुँदैन । बरू देखिएका समस्यालाई एउटा योजना बनाई यो पछि यो गर्छु भनी योजना बनाई अघि बढ्नुपर्छ । कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन् जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ जस्ता भावना आउन सक्छ । तर वास्तविकता त्यस्तो हुँदैन । त्यसैले धेरै टीभी, रेडियो हेर्न सुन्न हुँदैन ।

५. त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने । धेरै मानिस आफू कहाँबाट आएको भन्ने कुरा पनि बिर्सन्छन्, विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहँदैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन् र सधै असन्तोष भईरहन्छन् । विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगे भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसले मनमा सन्तोष दिएको हुँदैन त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ । तर मिहिनेत गर्न छाड्नु हँुदैन । पूराना असफलता केलाउँदै लक्ष्यमा पुग्नुपर्छ ।

६. लागूपदार्थ तथा दुव्र्यसनबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकाले यस्ता वस्तुबाट टाढा रहने ।

७. दैनिक जीवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा ठूलाले सानालाई हेप्ने, आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने प्रवृत्ति पनि पाइन्छ । यस्तो प्रवृत्ति आपराधिक मानिन्छ र यसलाई अन्त्य गर्नुपर्छ। समाजमा स्वस्थ प्रतिस्पर्धा भएमा सबै मानिसले उत्तिकै क्षमता विकास गर्न सहयोग मिल्छ । कसैलाई डर हुदैन, सबैको कल्याण हुन्छ ।

८. अति नैतिकवान नबन्ने तथा अरूबाट पनि त्यस्तो आशा नगर्ने। समाजमा कोही मानिस अति नै नैतिक हुन्छन् । यस्ता मानिस हरेक काममा अति नै सचेत हुन्छन् । अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षणमा ध्यान पु¥याउछन् । तर समाज त्यस्तो छैन । समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन । सोहीकारण मनोरोग लाग्न पुग्छ । त्यसैले हामी केही हदसम्म तलमाथि हुनैपर्छ । केही मानिसलाई आफूले गरेको बाहेक अरूले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस अरूले गरेको काम सच्याउने गर्छन् । यस्तो हुँदा दैनिक जविनमा अप्ठेरो महसुस हुन्छ । त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ। समाजमा अति नैतिक भई बाँच्न गाह्रो हुन्छ, त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ ।

९. मनका कुरा अरूलाई भन्ने बानी गर्ने। हामीमा ठुलो समस्या आउँदा पनि अरूलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलन्छ । हावा भरिएको प्रेसर कुकर झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल हुनेजस्तो हामीभित्र पनि हलचल हुन सक्छ । काम नबने हातखुट्टा नचल्ने भइ हामी बिरामी पर्छौ । आफ्नो मनको वेदना अरूका सामु व्यक्त गर्दा मन शान्त हुन जान्छ ।

१०. पहिले–पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन्। डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन । त्यसैले आत्तिन हुँदैन । सामान्य मनोरोग लागेका बिरामीले अनावश्यक चिन्ता लिनु हुँदैन ।
(स्वास्थ्य खबर)