08/12/2021

मालिका समाचार

देशको ऐना

दिल्लीमा प्रवासी नेपाली प्रेणा समितिको बिस्तारीत भेला सम्पन्न

सामाजिक कार्यमा प्रवासी नेपाली प्रेणा समितिको क्रियासिलता
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

हेमन्त अधिकारी ,
नयाँ दिल्ली /प्रवासी नेपाली प्रेणा समिति को विस्तारित भेला संगै देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । भारत को नयाँ दिल्लीमा असाय हरुको सहारा बन्दै आएको संस्था महिला बालबालिका उद्धार, संस्कृति र कलाभाषा संरक्षण संगै भारत नेपाल विचका मानवीय समस्या समाधान को लागि कार्य गर्दै आएको संस्था प्रवासी नेपाली प्रेणा समितिले यही आइतबार एउटा भेला सम्पन्न गरेको छ।

बिष्णु प्रसाद पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रम नेपाली दूतावासका काउन्सिलर यदु नाथ पौडेलको प्रमुख आतिथ्यरहेको थियो । प्रवासी नेपाली प्रेणा समिति का मार्गदर्शकको रुपमा सस्थाका संस्थापक दीपक अधिकारीको उपस्थिति रहेकोथियो ।
भने बिशिस्ट अतिथि साऊथ एशियन यूनिवर्सिटी का प्रोफेसर डॉ युबराज पोखरेल रहेका थिए ।अतिथि मा विभिन्न संघ संस्था का बुद्विजीवी हरु को उपस्थिति रहेको थियो।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

कार्यक्रममा प्रमुख अतिथि यदु नाथ पौडेलले सम्बोधन गर्दै राजदूतवासको तर्फ बाट शुभकामना दिदै कानून को पालना गरि प्रवास मा बस्ने हरेक नागरिक लाई केहि समस्या परे दूतावास ले पूर्ण सहयोग गर्ने छ भन्नु भयो ।
यस्तै प्रोफेसर युबराज पोखरेल ले शिक्षाले समाज लाई जोड्नमा ध्यान दिनु पर्ने भन्दै केहि सहयोग आवस्यक भए आफुहरु तत्पर रहेको बताए ।

मित्र मंच शुभकामना दिँदै संस्थामा लागेका साथीहरुलाई निरन्तर अगाडी बढ्दै संस्थालाई अझै उच्च तहमा लिन सुझाएका थिए । अध्यक्ष बिष्णु प्रसाद खनाल महिला अध्यक्ष अनिता छेत्री
बिस्व कल्याण नेपाली समिति का अध्यक्ष गोपाल न्यौपाने, महासचिव भरत क्षेत्री वरिष्ठ सलाहकार रामू राणा, शंकर घिमिरे, विनोद, अमित वोस्टी महिला विभागकी अध्यक्ष गीता थापा, मगर समाज का अध्यक्ष फर्स बहादुर थापा, अल इंडिया रेडियो बाट सिंधु गौतम पोखरेल र इन्दर कमल जैरु लगायतको उपस्थिति रहेको थियो भने फोटोशूटमा कृष्ण शर्मा को उपस्थिति रहेको थियो कार्यक्रमको संचालन दीपलता उपाध्याय ले गरेकी थियिन ।

विज्ञापन