June 6, 2023

मालिका समाचार

देशकाे ऐना

महामारीमा राज्यमन्त्री विमला बिक, सहयोग सहित बर्दियामा

रेशम चन्द
बैशाख १७बर्दिया
बिश्वव्यापी फैलिरहेको नयाँ भेरियन्टको कोरोना संक्रमण महामारीको बेला उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला बि.क स्वस्थ सुरक्षाका सामाग्री सहित जनताको बिचमा पुग्न भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

शुक्रबार बर्दिया पुगेर कोभिड को बढ्दो संक्रमण र जोखिममा थोरै भएपनि जनताले स्वास्थ सुरक्षा अपनाउन सकुन भन्ने उदेश्यका साथ ८ हजार थान मास्क २५ थान ५सय मिलिमिटर )सेनेटाजर ३सय थान पिपिइ ४सय थान ग्लब्स २सय थान फेस सिल्ड ३सय थान k९५ मास्क लगायत वितरण गर्नुभएको हो।

उहाँ आफै खटिएर प्रशासन कार्यालय देखि स्वास्थ साखा सुरक्षा निकाय एवं राष्ट्रिय युवा संघ बर्दियाको सहकार्यमा विभिन्न पालिका हरुमा वितरण गर्नु भएको हो।

विज्ञापन

अहोरात्र जनताको सेवामा खट्ने राज्य मन्त्री विमला बिक”लाई स्थानीय हरुले यस्तो महामारीमा सहयोग पुर्याएको भन्दै आभार प्रकट गरेका छन।

उहाँको आफ्नै निर्वाचन क्षेत्र रहेको बर्दियाका हरेक पालिका देखि प्रशासन सुरक्षा निकाय स्वास्थ साखा हरुमा कार्यरत कर्मचारी तथा स्थानीय जनप्रतिनिधि हरु लगायतको आफुलाइ हरपल चिन्ता रहने गरेको र विकास निकासका हरेक क्षेत्रमा लागी पर्ने बताउनु भयो

उहाँ ससंदमा सबैभन्दा संसदको रुपमा भएर पनि स्पष्ट वक्ता र जनताका लागि खरो प्रस्तुत हुने चेली रहेको जनताको भनाइ रहेको छ।