राजनीतिव्याक्ती बिशेषसहयोग तथा उदार

मन्त्री भट्टराईले मनायो मुस्कान लाई मुस्कान दिने जन्मदिन

बिज्ञापन

काठमाडौ २१ भदौ
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एसिड आक्रमण बाट घाइते मुस्कान खातुनको मुस्कानको निम्ति आफ्नो यो बर्षको जन्मदिन मनाउनु भएको छ।
उहाले जन्मदिनको उपलक्ष्यमा उहाले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा मुस्कान खातुनको उच्च शिक्षाको निम्ति दिने घोषणा गर्नु भएको छ।

गत भदौ महिनामा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा एसिड प्रहारबाट घाईते बनेकी मुस्कान खातुनको उपचार पछि बिस्तारै निको हुँदै गएको छ घाउ निको भएतापनी सौर्न्दर्यता र आत्मनिर्भरतामा भने दुर्बलता महसुस हुने हुदा प्रधानमन्त्री लगायत देशका बिशिस्ट व्याक्तीहरुले उनको हौसलामा कमि न आउन दिन विभिन्न खालको सहयोग गर्दै आउनु भएको छ।मन्त्री भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नु भएको पोस्ट जस्ताको तस्तै राखेका छौ । “यो सालको जन्मदिन मुस्कानको साथ
गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो । जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ ।
हार्दिक शुभकामना

बिज्ञापन
बिज्ञापन

Leave a Reply