प्रवास

प्रवासी नेपाली संघ भारतद्वारा अन्तराष्ट्रिय महिला दिवस आयोजित

बिज्ञापन

तामिलनाडु । विश्व अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रवासी नेपाली संघ भारतको प्रगतिशील महिला विभागले दक्षिण भारत तामिलनाडुको चेन्नैमा ११२औँ अन्तरास्ट्रिय महिला दिवस आयोजित गरेको छ ।

प्रवासी नेपाली संघ भारत तमिलनाडु पुदुचेरि संयुक्त राज्य अन्तर्गत प्रगतिशील महिला विभागले आयोजना गरि ११२औँ अन्तराष्ट्रिय महिला दिवस भब्य रुपमा मनाएको संघका केन्द्रिय सचिवालय सदस्य श्री दुर्गादत्त पौडेलले मालिका समाचारलाई बताउनुभएको छ ।

नारी सशक्तीकरणको लागि नियमित कार्यक्रमको रुपमा मनाउँदै आएको उक्त कार्यक्रममा राज्य महिला अध्यक्ष सिमा न्युरेको अध्यक्षता र महिला सचिव मिना गौतमको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा संघका केन्द्रिय सचिवालय सदस्य श्री दुर्गादत्त पौडेलको प्रमुख अतिथि आसन ग्रहण रहेको थियो भने विषेश अतिथिहरुमा केन्द्रिय सचिवालय सदस्य एवं राज्य अध्यक्ष कृष्ण पोख्रेल साथै केन्द्रिय सदस्यहरु क्रमसः वेलदास चापागाईं, ईन्द्र पौडेल, लिलादेवि पौडेल, राज्य सदस्य चुरा बहादुर खत्री, राज्य सचिव राम प्रसाद शर्माले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।

देश र जनताको लागि जीवन अर्पण गर्नुहुने आदरणीय शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण स्वरुप एक मिनेट मौन धारण गरिए पश्चात राष्ट्रिय गान गायनपछि पदमा केसिले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा विषेश सम्वोधन संघका केन्द्रिय सचिवालय सदस्य कृष्ण पोख्रेलले गर्नुभएको थियो । मिरमिरे जन साँस्कृतिक परिवारको रमाइला नृत्यहरुले कार्यक्रममा रौनक थपेको थियो ।
यसै क्रममा लिलादेवी पौडेल, राधिका पौडेल, सन्तुमाया खनाल, कोपिला सापकोटा, यशोदा पराजुली, गोमादेवी पौडेल, मिना चालिसे, मिरा शर्मा, शोभा पौडेल, गंगा कुँवर, कृष्णा रेग्मी, सारदा ढकाल, तुलसा पौडेल, दुर्गा पौडेल, लक्ष्मी चापागाईं, हिरा विक, छममया परियार, माया गुरुङ्ग, मन कुमारी जिसी, श्यामला, रिमा, कमला, तुलसी पौडेल र नारायणी वास्तोलाले वक्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा महिला र वालबालिकाहरुलाई दुई वटा खेल म्युजिकल चियर साथमा तातो आलु खेलाईएको थियो ।
म्युजिकल चियरमा प्रथम– मिना चालिसे, द्वितिय– कोपिला सापकोटा र तृतीय– हिरा विक भएका थिएभने यसैगरि तातो आलुमा प्रथम– स्मृति गुरुङ्ग, द्वितिय– गंगा क्षेत्री र तृतीय– नबिना पौडेल हुनुभएको थियो ।

बिज्ञापन

उक्त खेलका विजेताहरुलाई केन्द्रिय महिला सदस्य लिलादेवी पौडेलले अविर लगाएर पुरस्कार वितरण गर्नुभएको थियोभने महिला अध्यक्ष सिमा न्युरेले कार्यक्रमको समापन गर्नुभएको थियो ।


बिज्ञापन
बिज्ञापन