प्रवासबिश्व

प्रवासी नेपालीसंघ भारतको निम्तोमा एमाले महासचिव पोखरेल पुगे पुना

बिज्ञापन

फागुन ६ मुम्बई प्रवासी नेपाली संघ भारतको निमन्त्रणामा नेकपा एमालेका महासचिव शंकर पोखरेल भारतको महाराष्ट्र राज्य पुना पुगेका हुन।
१९ फेब्रुअरीमा भारतको महाराष्ट्र स्थित पुना अन्नाभाउ साठे ओडिटोरियम हलमा हुनलागेको प्रवासी नेपाली संघ भारतको आठौं केन्द्रिय सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल भारत महाराष्ट्रको पुना पुगेको संघ स्रोतले जनाएको छ।

बिज्ञापन

प्रवासी नेपाली संघ भारतले भारतमा कार्यरत श्रमजीवी हरुको संगठन रहेको र यसले श्रमजीवी हरुको अन्तर्राष्ट्रिय अधिकार प्राप्तिका निम्ति लामो समय देखी आवाज बुलन्द गर्दै विभिन्न पेशामा आबद्ध भारत भरि छरिएका प्रवासी नेपाली हरुलाइ संगठित गर्दै देशमा लोकतान्त्रिक विधिमा नेकपा एमाले लाई आफ्नो मार्गदर्शन सिद्धान्तको रुपमा मान्दै आएको भएपनि नेकपा एमालेले भने दशौ महाअधिवेशनमा प्रवासी नेपाली संघ भारत लाई आफ्नो जनबर्गोय संगठनको सुचिमा नराखेकोले संघका केन्द्रिय उपाध्यक्ष डम्बर रावलले अन्याय भएको बताएका छ्न।
पार्टी महासचिव नै कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुने भएपछि उक्त बिषयलाई संघका सबै नेता कार्यकर्ता हरुले गम्भीरता पुर्बक लिनुपर्ने माग राख्ने पनि बताएका छ्न।
प्रवासी नेपाली हरुले देशमा हुने हरेक समस्यामा सहयोग गर्दै आएको भएपनि एमालेले भने सोको मुल्यांकन नगरेको दुखेसो पनि नेता कार्यकर्ता हरुले पोख्ने गरेकाछ्न।


प्रवासी नेपाली संघ भारतको स्थापन भएको ५७ बर्ष पुरा भैसकेको छ ५मइ १९६६मा सस्थापक नेता एकदेव आले लगायत ७जनाको नेतृत्वमा भारतको गोरखपुरमा भएको इतिहास लाई मान्यता दिदै आएको छ भने तत्कालीन अवस्थामा संघको नाम प्रवासी नेपाली कल्याणकारी संघ रहेको र समय परिस्थितिले विभिन्न समायोजन पछि प्रवासी नेपाली संघ हुन पुगेको कुरा प्रवासी नेपाली संघ भारतका नेता हरुको दाबी रहेको छ।

बिज्ञापन