Uncategorized

छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुदा ३ जना घाइते

बिज्ञापन

टीकापुर ३० कार्तिक
बर्दिया जिल्लाको सत्तिकर्णाली पुल नजिकै से५प २०४९ नम्बरको मोटरसाइकल दुर्घटना हुदा दुइजना युवक घाइते भएका छन।

बिज्ञापन

मोटरसाइकल चालक २६ बर्षिय नन्दराम धिताल र सवार हरिसरण आचार्य बर्ष २८को राजापुर देखी टीकापुर जानेक्रममा दुर्घटना हुदा घाइते भएका छन चालक भन्दा सवार रहेका आचार्यको टाउकोमा चोट लागेको छ घाइतेका अनुसार बिपरित दिसा बाट आइरहेको कारको एन्टी लाइटले आफुहरु खाल्डोमा परेको बताएका छन भने सत्ती पुलमा डिउटीमा रहेला प्रहरीका अनुसार मोटरसाइकल चालक तथा सवार दुबै जनाले मादक पदार्थ सेवन गरेको हुनक्ने बताएका छ्न ।

यस्तै वडा नम्बर १ लम्की खक्रोला सडक खण्डको सैपाल एकेडेमी अगाडि से ४ प ३३७६ नम्बरको मोटरसाइकल दुर्घटना हुदा चालक लम्कीका सन्तोष साउद घाइते भएको टीकापुर इलाका प्रहरी कार्यलयले जनाएको छ। सडक स्तर उन्नतिको काम चालु रहेकोले सडकमा रहेको खाल्डोका कारण दुर्घटना भएको एक जना प्रत्यक्ष दर्शीले बताए ।

साउदको आखामा चोट लागेको र उपचारको निम्ति टीकापुर अस्पताल पठाइएको छ।

बिज्ञापन

Leave a Reply