घटना समाचार

मोरङमा जिप र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

बिज्ञापन

फागुन ,२३
मोरङको सुन्दरहरैंचामा शनिबार राति सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ,भने दुई गम्भीर घाइते भएका छन् ।

बेलबारी नगरपालिका–११ का मनोज कटुवाल र अर्जुन न्यौपानेको मृत्यु भएको हो । काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी गम्भीर घाइते छन् ।

दुर्घटनामा घाइते भएका न्यौपाने र कटुवालको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए ।

सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना मध्याली पुलनजिक काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६९६ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश२–०२–००१प ३८७८ नम्बरको मोटरसाइकल राति साढे एक बजे ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन

दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

घाइते भएका थापा र गिरीको विराटनगरस्थित नर्सिङहोममा उपचार भइरहेको छ ।

मोटरसाइकल ठोक्किएपछि अनियन्त्रित बनेको जिपले मोटरसाइकललाई घिसार्दै दक्षिणतर्फ खेतमा पुर्‍याएको खड्काले बताए ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply