विज्ञापन

असोज ,७
दाङमा कोरोना भइरसबाट एक कर्मचारीको मृत्यु भएको छ।
तुलसीपुर उपनगरपालिका वडा न.१८ का ५३ वर्यीय हिराबहादुर डागीको बिहीबार राती उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
उनी जिल्ला मालपोत कार्यालय घोराहीमा नायव सुब्बा थिए ।डागी घोराहीमा डेरामा बसेका थिए ।
विज्ञापन

तुलसीपुर उपमहानगरपालिका स्वास्थ संयोजक विमल केसीका अनुसार बिहीबार राती ११ बजेतिर सास फेर्न गाह्रो भएपछि उनलाई कोरोना अस्पताल बेलझुण्डी लिएका थिए । उनी सुगरको औषधी पनि खाइरहेका थिए।
कोरोना अस्पतालमा आइसियु बेड खाली नभएपछि उनलाई बाके रिफर गरिएको थियो ।
उनलाई अक्सिजनसहितको एम्बुलेन्समा राखेर लैजादै गर्दा बाटोमै मृत्यु भएको बेलझुण्डी अस्पतालकी नर्सले जानकारी दिइन।
अन्य समाचारहरु
सुदूरपश्चिममा पुनः कोरोना संक्रमण
छाला जोगाएर खेलौं रंग
सन्त निरंकारी मण्डल नेपाल, महेन्द्रनगरद्वारा महाकाली सिँचाई नहरको सरसफाई