प्रवासलेख

मुग्लाङ्पारीबाट स्थानिय निर्वाचन सम्बन्धि एमालेलाई सुझाव

बिज्ञापन

श्री दुर्गा दत्त पौडेल

बिज्ञापन

आदरणीय मित्रहरु ! धेरै व्याख्या विश्लेषण गर्नु परेन, हरेक राजनीतिक विद्यार्थीहरुलाई देशको अवस्था बारे अध्यानगरि रहनुभएकै छ, बुझनु भएकै छ । देश परमादेशका गठजोडले न त देश र जनताकै बिषयमा बोलेकाछन । न त भ्रष्टाचार महंगीमा बोलेकाछन न त देशमा आर्थिक चौपट कोअवस्थालाई बताएका छन, नत विदेशीको हस्ताक्षेपकै बिरुद्ध बोलेकाछन्, छन त उनीहरु केवल देशमा कसरी लुट्न सकिन्छ भन्नेमै छन्, छन् त कसरी गठजोड जोगाउने भन्नेमै छन् । यस अर्थमा देशलाई सहि निकाश दिनु नै अहिले समयको माग हो । यो अब निर्वाचनबाट मात्र सम्भव छ, त्यो सम्भव एमालेबाट मात्र छ । अब जनताहरु धेरै पार्टीको रोजाईमा छैनन्, देश र जनताको विकाशमा लाग्ने जुटने पार्टीको पक्षमा जनता छन् । जो विगतले गरेको विकाश प्रगति देखीसकेको छन् । नेकपा एमाले मात्र त्यो शक्ति हो, जसले देश जनताको प्रतिनिधित्व गर्न सक्दछ । जसमा जनताको आशा अपेक्षा टुट–फुटमा हैन, एकता कै पक्षमा खडा छन् र जनता निम्न बिषयमा एमाले र त्यसका प्रतिनिधिहरुले प्रतिज्ञा गरून् भन्ने चहान्छन् । यसर्थ, नेकपा एमालेले निम्न बिषयमा ध्यान पु¥याउनु अति आवशयक छ ।
(१)उम्मेदारी छनौट गर्दा पार्टीका सदस्यहरुबाट योग्य सक्षम सबैबिच चिर–परिचित भूगोल र अर्थ योजना सम्बन्धि सामान्य जानकार रहेको व्यक्ति छनौटमा ध्यान दिनु पर्ने । जनता कार्यकर्ता पार्टीमा राम्रो योगदान रहेका कुनै दाग नलागेका ।
(२) उम्मेदारको दर्ताको दिन उक्त प्रतिनिधिले सार्वजनिक रुपमा कमिशन घुसखोरी अनियमिता विकाशका कामका टेन्डर प्रक्रियाहरुमा कुनैपनि चलखेलमा नलागी निस्पक्ष बनि विकाश र जनताको भावन विपरीत कुनै कार्य नगर्ने बचन बद्धता गर्नुपर्ने ।
(३) नेकपा एमालेको चुनाव चिन्ह लिएर उम्मेदार बनिसकेर विजय बनिसकेपछि पार्टीको बिरुद्ध कुनैपनि बिभाजन पक्षमा लाग्नेछैन, आफ्नो कार्य अवधिभरि यहि पार्टीमा रहने प्रतिबद्ध गर्ने पर्ने वा विभाजनको उक्साहाटहरुमा हैन चित्त नबुझे प्रतिनिधिबाट राजिनामा गर्नेछु भन्ने प्रतिबद्धता गराउने ।
(४) उम्मेदार बनेर विजय भईसकेपछि पार्टीको घोषणा पत्रमा केन्द्रीत रहेर जनताको सेवमा जुटने र स्थानीय तहमा पार्टी कमिटीको निर्णयमा जनताको सेवामा जुटने, आफुलाई कमिटी गत बनाउने प्रतिबद्धता गर्ने ।
(५) हरेक उम्मेदारहरु प्रतिनिधि बन्ने समय उनीहरुको सम्पति बिवरण जनताकै सामु बताउनु पर्ने र ! कार्यअवधि पूरा भैसकेपछि उनीहरुको सम्पत्ति पुनः जनतामा बताउन पर्ने ।
(६) पार्टीमा छलफल नचलाई आफै योग्य उम्मेदारी छु भन्दै सन्चार जगतमा आउनेहरु लाई तत्काल पार्टीले रोक्नु पर्ने ।
(७) पार्टीको उम्मेदारीको छलफल वडा नगरकमिटी क्षेत्र र जिल्ला हँुदै एकैचोटी उपयुक्त चेकजाँच गरि एकैचोटि एकैदिन केन्द्रीय कमिटी वा प्रदेश कमिटीले उल्लेखित गर्दा राम्रो हुन्छ कि ।
(८) उम्मेदारीका आकांक्षाहरु धेरै रहन सक्दछन्, यस बेला पार्टी देश जनताको अवस्था परिस्थिती अनि अन्य राजनीतिक पार्टीहरुको अपवित्र गठ जोड बिरुद्ध हाम्रो रणनिती यथार्थ सबै कमिटीहरुमा यथार्थ विश्लेषण सहित सम्बन्धित निकायबाट बुझाउन ढिलाई गर्न नहुने र त्यहाँको उनीहरुको भावना यथार्थ बुझी तुरुन्तै पार्टीले उपयूक्त निर्णय गर्नेु पर्ने, कुनै पनि प्ररकारका ईलाकिय नाता–गोता, आफन्त, चिन–जानलाई हैन, योग्यता, दक्षेता क्षमता सबैबिच लोकप्रिय पार्टी प्रतिको बफादार लाई आधार बनाउनु पर्ने जसमा सर्वेसहमत वा बहुमतको मान्यता रहन सकोस ।
(९) प्रत्येक वडा नगर क्षेत्र जिल्लाले निर्वाचन परिचालन कमिटी गठन सहित उनीहरुको उचित मूल्यांकन दैनिक रिपोर्टिङ प्रदेश कमिटीले दैनिक अपडेट गर्दै निर्वाचनमा विजय बन्ने बनाउने सक्रियता पूर्वक जुट्ने व्यक्ति कमिटीको उचित मूल्यांकन तथा पुरस्कार सहितको सम्मानको व्यवस्था मिलाउने ।
(१०) नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले देशभरि निर्वाचन माहौल एक रुपता ल्याउन आँधिहुरी सहित पार्टीका सबै तहका नेता–कार्यकर्ता, जनबर्गिय सगठन, बुद्धिजीवी, राष्ट्रवादी, सन्चार जगत, देश–विदेशका नेकपा एमालेका शुभच्छेकहरु, स्वतन्त्र नागरिक, हरेक निकय तह–तप्का सरकारी गैर–सरकारी सबैसंग सम्पर्कको लागि उच्चस्तरिय निर्वाचन परीचालन कमिटी निर्माण गर्ने ।
(११) माकुने–प्रचण्ड–काँग्रेस बाहेक अरु दलहरुसंग स्थानीय आधारमा सहकार्य सहभागितामा छलफलका ढोकाहरु खुला राख्ने ।
आदरणीय मित्रहरु, सबैले यसबेला पार्टीले मलाई किन सिट दिएन, किन मलाई माने–गनेन भन्नुभन्दा पनि हामीले यस बेला देश, जनता, पार्टीलाई केही योगदान गर्न सकौं भन्नुमा उभियौं । देश, प्रवास, गाउँ–घर सबैतिर पार्टीको प्रचार–प्रसारमा जुटौ । पार्टीले जीतेपछि नै हामी र हाम्रो समाजको भविष्य छ भन्नेमा सबैले सोचौ । स्थानीय पार्टीका कमिटीहरु कोही कसैप्रति भेदभाव बिना नै सबैसंग सम्पर्क सम्बन्धमा सक्रियता बनोस । यसो गर्दा नेकपा एमालेको विजयलाई रोक्न कसैको तागत छैन । देश, प्रवास, गाउँ–घरबाट नेकपा एमालेलाई विजय बनाउन जुटौ, उठौ । सबैमा दक्षिण भारतदेखि सफलताको अग्रिम शुभकामना शुभकामना छ !

बिज्ञापन